२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपामा स्वतन्त्र उम्मेदवार साह र सुनिताको अग्रता



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत ल्याउनुभएको छ भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता  डंगाेलले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाउनुभएको छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । कामपामा हालसम्म एक लाख २४ हजार ५४४ मतगणना भएको छ । रासस




भर्खरै