• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

हरिनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी



सुनसरी । सुनसरीको हरिनगर गाउँपालिकामा दोस्रो कार्यकालका लागि अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । शनिबार साँझ सार्वजनीक भएको अन्तिम मत परिणामअनुसार कांग्रेसका अध्यक्षका उम्मेदवार गफार अंसारी र उपाध्यक्ष पदमा रिमझिमकुमारी भगत विजयी हुनुभएको हो ।

अंसारीले ६ हजार १७२ मत र उपाध्यक्ष भगतले ६ हजार २१३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय हरिनगरले जनाएको छ । नेकपा (एमाले)का लस्करी अंसारीलाई एक हजार ८०० मतान्तरले पराजित गरेका छन् । लस्करीले पाँच हजार १५४ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

त्यसैगरी उपाध्यक्ष भगतले एमालेकी कोशिलाकुमार साहलाई ८०७ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको छ । भगतले ६ हजार २१३ मत प्राप्त गर्नुभएको छ भने एमालेकी कोशिलाले पाँच हजार ४०७ मत प्राप्त गरेर पराजित हुनुभएको छ । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा समेत अध्यक्षमा कांग्रेसबाट गफार अंसारी र उपाध्यक्षमा रिमझिमकुमारी भगत निर्वाचित हुनुभएको थियो ।