• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

झापाको अर्जुनधारा नगरपालिकामा एमाले विजयी



झापा, ७ जेठ । अर्जुनधारा नगरपालिकामा संयुक्त गठबन्धनलाई पछि पार्दै नेकपा (एमाले) का उम्मेदवार बलदेव सिंह गोम्देन तामाङ निर्वाचित हुनुभएको छ । तामाङले संयुक्त गठबन्धनको उम्मेदवार नेपाली कांग्रेसकी युवा नेत्री रञ्जिता कार्कीलाई पराजित गर्नुभएको हो । नगरप्रमुखमा निर्वाचित तामाङले १९ हजार १६९ मत प्राप्त गर्नुभयो भने कार्कीले १३ हजार ७४३ मत प्राप्त गर्नुभयो ।

यता उपप्रमुख पदमा समेत एमालेबाट नै खड्गमाया पराजुली निर्वाचित हुनुभयो । उहाँले १७ हजार ६३७ मत प्राप्त गर्नुभयो । संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का जितेश योञ्जनले नौ हजार ७१ मत प्राप्त गर्नुभयो । विसं २०७४ मा भएको निर्वाचनमा समेत अर्जुनधारा नगरपालिकामा एमाले नै जीत हासिल गरेको थियो ।

प्रमुख र उपप्रमुख दुवै पद जीत हासिल गरेको एमालेले यो पटक पनि दुवै पद आफैँले सुरक्षित गरेको छ । ११ वटा वडा रहेको यो नगरमा वडा नं १ मा उप्रेन्द्र बस्नेत, २ मा नरेन्द्रकुमार श्रेष्ठ, ३ मा सीताराम भट्टराई, ४ मा अम्बरबहादुर कटुवाल, ५ मा गीताराज खड्का, ६ मा हरिशचन्द्र वास्तोला कांग्रेसबाट निर्वाचित हुनुभयो । त्यस्तै वडा नं ७ मा एमालेका गोविन्द प्रसाद खतिवडा, ८ मा एमाले कुमारप्रसाद उप्रेती, ९ मा कांग्रेसबाट भीष्म मिश्र, १० मा एमालेका भुपेन्द्र न्यौपाने र ११ मा एमालेबाट नै खगेन्द्र इङ्नाम निर्वाचित हुनुभएको छ । रासस