१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढीनन्दामा प्रमुखमा एमाले, उपप्रमुखमा स्वतन्त्र



अ+ अ-

बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जनककुमार बोहरा र उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी हुनुभएको छ । जनकले पाँच हजार ११५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमकुमार गिरीले तीन हजार २७१ मत ल्याउनुभयो ।

यस्तै नगरउपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुरले चार हजार ७७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी रीतादेवी तीन हजार ६७७ मत ल्याउनुभयो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ वडा एमाले र ३ वडाध्यक्ष कांग्रेसले जितेको छ । जिल्लाका नौ पालिकामध्ये आठ पालिकाको मत परिणाम आइसकेको छ । बूढीगङ्गा नगरपालिकामा कांग्रेस र एमालेबीच विवाद हुँदा मतगणनाबारेमा अन्योल रहेको छ । नगरपालिकाको विवाद समाधानका लागि निर्वाचन आयोगको टोलीले अनुगमन गरेको भए पनि हालसम्म कुनै निर्णय हुन सकेको छैन । रासस