९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

तुलसीपुरमा एमाले उम्मेदवारको अग्रता

तुलसीपुरमा एमाले उम्मेदवारको अग्रता
अ अ+ अ-

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणनामा प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार टीकाराम खड्का र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीबीच प्रतिस्पर्धा देखिएको छ ।

आज बिहान प्राप्त मत विवरणअनुसार एमालेका खड्काले १० हजार ६०५ र कांग्रेसका उम्मेदवार गिरीले १० हजार ५३४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जनाएको छ । उहाँहरु बीच ७१ मतान्तर रहेको छ ।

त्यस्तै उपप्रमुख पदमा एमालेका उम्मेदवार स्यानी चौधरी अगाडि हुनुहुन्छ । चौधरीले ११ हजार १७ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानाले आठ हजार ९९ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीच एक हजार ८१८ को मतान्तरण रहेको छ । हालसम्म २५ हजार ६८३ मत गणना भएको छ ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका–६ को वडाध्यक्ष पदमा एमालेका दुजमान भण्डारी २१ हजार २३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका लोकराज डाँगीले दुई हजार ६७ मत प्राप्त गर्नुभएको छ । यसअघि तुलसीपुर–५ मा कांग्रेसका वीरेन्द्रकुमार शाह, तुलसीपुर–४ मा गठबन्धबाट माओवादीका तुलसी थापामगर, तुलसीपुर–३ मा एमालेबाट वीरबहादुर विक, तुलसीपुर–२ भमबहादुर कवर योगी, तुलसीपुर–१ मा गठबन्धबाट होमकान्त सापकोटा निर्वाचित हुनुभएको छ ।

अहिले तुलसीपुर उपमहानगरपालिका वडा नं ७, ८ र ९ को मतगणना जारी रहेको छ । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४ हजार ३३६ मत खसेको थियो । रासस