९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

बाँकेमा छ पालिकाको मत परिणाम सार्वजनिक

बाँकेमा छ पालिकाको मत परिणाम सार्वजनिक
अ अ+ अ-

नेपालगञ्ज । बाँकेका आठ स्थानीय तहमध्ये छ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अझै कोहलपुर नगरपालिका र नरेनापुर गाउँपालिकाको मत परिणाम आउन बाँकी छ । जिल्लाको विभिन्न स्थानीय तहमा नेपाली कांग्रेसले सबैभन्दा बढी पाँच पालिका जितेको छ । एकमा माओवादी केन्द्रले जित हासिल गरेको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा चार पालिका जितेको एमालेले पालिकाको वडामा मात्रै चित्त बुझाउनुपरेको छ ।

बाँकेको राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी गाउपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । खजुरामा माओवादी केन्द्रले जित हासिल गरेको छ । अन्तिम परिणाम घोषित हुन बाँकी कोहलपुर नगरपालिकामा कांग्रेस र नरैनापुरमा जसपा अग्रस्थानमा रहेको छ ।

राप्तीसोनारी गाउँपालिकामा कांग्रेसका तप्त पौडेलले १० हजार ११२ मत ल्याएर अध्यक्षमा र मनिषा सिंह थारुले १० हजार १३४ मत प्राप्त गरी उपाध्यक्षमा विजयी हुनुभएको छ । पौडेलका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पट्टु थारुले नौ हजार २९२ मत प्राप्त गर्नुभयो भने एमालेका रामदास थारुले नौ हजार १२४ मत प्राप्त गर्नुभएको थियो ।

नौ वडा रहेको राप्तीसोनारीमा कांग्रेसले अध्यक्ष–उपाध्यक्षमा मात्र जित हासिल गरेको छ । सो पालिकामा एमालेले पाँच, माओवादी केन्द्रले तीन र राप्रपाले एक वडामा जित निकालेको छ । डुडुवा गाउँपालिकामा कांग्रेसका नरेन्द्र चौधरी र शाहिदा बानो दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको छ । अध्यक्ष चौधरीले छ हजार २७२ मत ल्याएउनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका भण्डारीलाल यादवले पाँच हजार १२५ मत प्राप्त गर्दा एमालेका सरोजकुमारी यादवले तीन हजार ७११ मत प्राप्त गर्नुभएको थियो ।

उपाध्यक्षमा शाहिदाले पाँच हजार ८६४ मतले विजयी हुँदा जसपाका तरन्नुम बानोले चार हजार ७५४ मत पाउनुभएको थियो भने एमालेका शकिल खानले चार हजार १५८ मत ल्याउँदै तेस्रो स्थान कायम गर्नुभएको थियो । छ वडा रहेको सो पालिकामा एमाले दुई, जसपाले तीन र कांगे्रसले एक वडामा जित हासिल गरेको छ ।

नेपालगञ्ज उपमहानगरमा जसपा–कांग्रेस गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रशान्त विष्टले २३ हजार ४६० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले एमालेका पशुपति दयाल मिश्रलाई झण्डै दोब्बर मत अन्तरले पछाडि पार्दै जित हासिल गर्नुभएको हो । मिश्रले ११ हजार ६७५ मत ल्याउनुभएको थियो । राप्रपाका नन्दलाल वैश्यले सात हजार ५९५ मत ल्याई तेस्रो स्थानमा पुग्नुभएको छ । नेपालगञ्जलाई राप्रपाको गढको रुपमा परिभाषित गरिएपनि अहिले त्यो वर्चश्व कायम हुन सकेन ।

उपप्रमुखमा गठबन्धनबाट जसपाका कमरुद्दीन राईले १७ हजार ९५० मत ल्याएर विजयी हुँदा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९१५ मत ल्याएर दोस्रो र राप्रपाकी विन्दु चर्तीमगरले १० हजार १३५ मत प्राप्त गर्नुभएको थियो । २३ वडा रहेको नेपालगञ्जमा उपप्रमुखसहित छ वडा जितेर जसपा पहिलो पार्टी, मेयरसहित पाँच वडा जितेर कांग्रेस दोस्रो, पाँच वडा जितेर एमाले तेस्रो, चार वडा जितेर माओवादी केन्द्र चौथो र तीन वडामा जित निकालेर राप्रपा पाँचौँ स्थानमा पुगेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा कुल मतदाता सङ्ख्या ८१ हजार ७९४ रहेको छ । त्यसमा कूल ६१ हजार २०५ मत खसेको थियो ।

बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डम्बर विक तुफान अध्यक्षमा विजयी हुनुभएको छ । उहाँले १० हजार ७९० मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका सुमन मल्लले नौ हजार १३७ मत प्राप्त गर्नुभएको थियो ।

सो गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकी उपाध्यक्ष मञ्जु मल्लले १० हजार ३४ मत प्राप्त गरी विजय हासिल गर्नुभयो । उहाँकी निकटतम प्रतिस्पर्धी एमालेकी तजरुन निशाले आठ हजार ९१ मत प्राप्त गर्नुभएको थियो । आठ वडा रहेको खजुरामा माओवादी केन्द्रले चार, कांगे्रस तीन र एमालेले एक वडा जितेको छ ।

जानकी गाउँपालिकामा नेपाली कांग्रेसका छब्बन खाँले छ हजार ६५३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका हिमांशु यादवले चार हजार ७९५ मत ल्याउनुभएको थियो । उपाध्यक्षमा नेपाली काँग्रेसकी रामप्यारी यादवले छ हजार ६०९ मत ल्याउँदै विजयी हुँदा उहाँका निकटतम प्रातिस्पर्धी एमालेकी भूमिसरा धितालले तीन हजार ४५६ मत प्राप्त गर्नुभयो । धिताल निवर्तमान उपाध्यक्ष हुनुहुन्छ । छ वडा रहेको सो पालिकामा माओवादी केन्द्रले एक, जसपाले दुई, कांग्रेसले तीन वडामा जित हासिल गरेको छ ।

जिल्लाको वैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसका प्रकाश शाहले १२ हजार १८० मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रातिस्पर्धी एमालेका घननाथ खनालले १० हजार ३८२ मत प्राप्त गर्नुभयो । माओवादी केन्द्रका दीपेन्द्र शाहले पाँच हजार २१४ मत प्राप्त गर्नुभएको थियो ।

वैजनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका निर्मला रोकायले १२ हजार १५२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी प्रेमपूर्णा योगीले १० हजार ७३३ मत ल्याउनुभएको थियो । रासस