२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पालिकाबाहेक सबै अधिवेशन दसैँपछि



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तल्लो तहको अधिवेशन कार्यतालिका फेरि प्रभावित भएको छ । एक दर्जन जिल्लामा अझै क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा पूर्वर्निधारित कार्यतालिका पूरै प्रभावित भएको हो ।

दसैंअघि नै केन्द्रीय र प्रदेशबाहेक सबै अधिवेशन सक्नेगरी कार्यतालिका सार्वजनिक भए पनि बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थानीय (पालिका) तहबाहेक तल्लो तहका अधिवेशन दसैंपछि गर्ने समझदारी गरेको छ ।

असार ९ गतेका लागि तोकिएको पालिका अधिवेशनचाहिँ नरोक्ने समझदारी बनेको छ । बाँकी जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाउने र दसैँअघि सबै जिल्लाले वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने सहमति भएको जानकारी नेता रामचन्द्र पौडेलले दिए । ‘अब दसैंअघि पालिका अधिवेशनमात्रै हुन्छ,’ उनले भने, ‘बाँकी त्यसपछि हुन्छ ।’ पालिका तहको अधिवेशन असोज ९ गतेबाट सुरु हुने भए पनि आफ्नो अनुकूल जिल्लाहरुले मिति तलमाथि गर्नसक्ने भएका छन् ।

नेता पौडेलसहित संस्थापन इतर समूहले सबै जिल्लाको वडा अधिवेशन सकिएपछि मात्र पालिकाको अधिवेशन गर्नुपर्ने अडान राखे पनि संस्थापन पक्षले अस्वीकार गरेको स्रोतको दाबी छ । तर उनीहरुकै मागअनुसार प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन कार्यतालिका चाहिँ संशोधन गर्ने सहमति भएको हो ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।