८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पालिकाबाहेक सबै अधिवेशन दसैँपछि



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तल्लो तहको अधिवेशन कार्यतालिका फेरि प्रभावित भएको छ । एक दर्जन जिल्लामा अझै क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा पूर्वर्निधारित कार्यतालिका पूरै प्रभावित भएको हो ।

दसैंअघि नै केन्द्रीय र प्रदेशबाहेक सबै अधिवेशन सक्नेगरी कार्यतालिका सार्वजनिक भए पनि बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थानीय (पालिका) तहबाहेक तल्लो तहका अधिवेशन दसैंपछि गर्ने समझदारी गरेको छ ।

असार ९ गतेका लागि तोकिएको पालिका अधिवेशनचाहिँ नरोक्ने समझदारी बनेको छ । बाँकी जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाउने र दसैँअघि सबै जिल्लाले वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने सहमति भएको जानकारी नेता रामचन्द्र पौडेलले दिए । ‘अब दसैंअघि पालिका अधिवेशनमात्रै हुन्छ,’ उनले भने, ‘बाँकी त्यसपछि हुन्छ ।’ पालिका तहको अधिवेशन असोज ९ गतेबाट सुरु हुने भए पनि आफ्नो अनुकूल जिल्लाहरुले मिति तलमाथि गर्नसक्ने भएका छन् ।

नेता पौडेलसहित संस्थापन इतर समूहले सबै जिल्लाको वडा अधिवेशन सकिएपछि मात्र पालिकाको अधिवेशन गर्नुपर्ने अडान राखे पनि संस्थापन पक्षले अस्वीकार गरेको स्रोतको दाबी छ । तर उनीहरुकै मागअनुसार प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन कार्यतालिका चाहिँ संशोधन गर्ने सहमति भएको हो ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।