१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपा वडा २९ मा कांग्रेसका ढकालको प्यानलै विजय



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ मा नेपाली कांग्रेसका तर्फबाट कुश ढकाल प्यानलैसहित विजयी हुनुभएको छ । ढकालले नेकपा(एमाले)का निकटतम प्रतिद्वन्द्वी शिवराम राजवंशीलाई ५० मतले पछि पार्दै विजय हुनुभएको हो । ढकालले एक हजार ९२१ मत प्राप्त गर्दा राजवंशीले एक हजार ८७१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी सदस्यमा कांग्रेसका अनिलकुमार श्रेष्ठ र सन्तोष ढुङ्गेल विजयी हुनुभएको छ । महिला सदस्यतर्फ कांग्रेसको रेनु श्रेष्ठ र दलित महिला सदस्यमा सङ्गीता पुजारी विजय हुनुभएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो । त्यस्तै प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले २८ हजार ११२ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ९८३ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले १४ हजार ६६९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपप्रमुखमा सुनिता डङ्गोलले २७ हजार ७०२ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले एक हजार ६१७ मत प्राप्त गर्नुभएको छ । हाल कामपा वडा नं १, २, ३ ,४ ५, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ६, ७, ८, ९, १०, २५, २६, र ३१ के मत गणना कार्य जारी छ । अहिले कामपामा ७४ हजार ७५१ मत गणना कार्य सकिएको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ । रासस