• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सार्वजनिक भिडियोप्रति गृहको गम्भीर ध्यानाकर्षण, छानविन समिति गठन



गृह मन्त्रालय

काठमाडौं । केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा भएको भनी प्रकाशित भिडियोबारे गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । उक्त भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वको बनेको समितिमा समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहनुभएको छ । समितिले शुक्रबारदेखि नै काम सुरु गरेको गृह मन्त्रालयले जनाएको छ । रासस