१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

युक्रेनका राष्ट्रपतिले ट्याङ्क मिसाइलभन्दा पनि घातक मोबाइल फोनले रुसमाथि कसरी आक्रमण गरिरहेका छन् ?

युक्रेनका राष्ट्रपतिले ट्याङ्क मिसाइलभन्दा पनि घातक मोबाइल फोनले रुसमाथि कसरी आक्रमण गरिरहेका छन् ?
अ अ+ अ-

किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सबै विषम परिस्थिति र बम विष्फोटका बीचमा जसरी आफ्नो ‘आकार’ बढाएका छन्, त्यसले रुसलाई केही हदसम्म चुनौती पक्कै पनि दिएको छ ।

जब रूसले राजधानी किभलाई घेरेको थियो र उसका ट्याङ्कहरूले युक्रेनी माटोमा बमबारी गर्न थाले, युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग सीमित विकल्पहरू थिए।

तर उनले हतियार बिसाएका छैनन् । एकातिर उनी सामाजिक सञ्जालमार्फत देशका जनतालाई हौसला दिइरहेका छन् भने अर्कोतिर उनको फोन निरन्तर व्यस्त छ ।

चारैतिर दुश्मनले घेरिएको राजधानीभित्र बसेर लगातार फोन कलको नतिजास्वरुप रुसविरुद्ध व्यापक प्रतिबन्ध लगाइएको छ । जेलेन्स्कीले पश्चिमी देशहरूलाई मनाउन सफल भए र पछिल्लो चार दिनभित्र रूसविरुद्ध धेरै प्रतिबन्धहरू लगाइयो।

गार्जियनका अनुसार आफ्ना जनताको बहादुरीबारे युरोपेली जनमत कस्तो छ भन्ने कुरा बुझेर राष्ट्रपति जेलेन्स्की फोनमा पश्चिमी नेताहरूसँग निरन्तर सम्पर्कमा थिए।

उनले ट्विटरमार्फत आफ्ना जनता र सहयोगीहरूको हौसला बढाए र प्रशंसा गरे भने रुसलाई पनि बारम्बार आफ्नो कुरा सुनाइरहे । एक साताअघिसम्म रुसमाथि प्रतिबन्ध लगाउने कुनै कारण थिएन र अहिले विश्वका देशहरूले बलियो आधार पाएका छन् ।

त्यसैले पश्चिमी देशहरूले नयाँ प्रतिबन्धहरूलाई स्वीकृत गरेको गतिले वकिल, अधिकारी र बैंकरहरूलाई आश्चर्यचकित तुल्याएको छ । यो गतिका कारण निर्णय कार्यान्वयन गर्न चर्को दबाब परेकामा अधिकारीहरू पनि सहमत छन् ।

एक नेताको कार्यालयले भनेको छ, “हामी छक्क परेका छौँ । उनी (जेलेन्स्की) युक्रेनलाई बचाउन वा अन्तमा रूसलाई परिवर्तन गर्न सक्षम नहुन सक्छन्, तर उनले युरोपलाई परिवर्तन गर्दैछन्।”

शनिबारको कूटनीतिलाई नै लिने हो भने जेलेन्स्कीले दिनको सुरुआत फोन कलबाट गरे। उनले युरोपेली आयोगका अध्यक्ष, इटालीका प्रधानमन्त्री इमानुएल म्याक्रोन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र स्वीट्जरल्याण्डका राष्ट्रपतिलाई भेटेका थिए। 

यसपछि पनि उनी रोकिएनन् । उनको फोन लगातार इन्गेज भइरह्यो । उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, अजरबैजानका राष्ट्रपति, नेदरल्यान्ड्सका प्रधानमन्त्री, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग व्यापक छलफल गरेका छन् ।

यति हुँदाहुँदै पनि उनको लिस्टमा धेरै नाम बाँकी थिए । त्यसपछिको केही मिनेटमा उनले जर्मन चान्सलर, पोप, चेक प्रधानमन्त्री, पोल्याण्डका प्रधानमन्त्री र अन्तमा बेलायती प्रधानमन्त्रीसँग भर्चुअल च्याट गरे।

एक दिनअघि पनि उनले यस्ता धेरै नेताहरुसँग फोन वार्ता गरेका थिए । सबैसँग उनले रुसको आक्रमणको उचित जवाफ दिन हतियार र कडा प्रतिबन्धको लागि आह्वान गरे।

निद्रा र आराम बिर्सेर जेलेन्स्की एकातिर फोन गर्दै थिए भने अर्कोतिर आफ्नो सेनासँग पनि जोडिएर रणनीति तयार गर्दै थिए ।

उनको कार्यसँग परिचित एक व्यक्तिले भने, “उनी धेरै स्पष्ट, धेरै दृढ र धेरै व्यावहारिक छन्। तर फोनमा बोल्ने तरिकाले जेलेन्स्कीको स्थितिलाई बलियो बनायो र परिस्थितिलाई मोड्न मद्दत गर्यो।”

युद्धको अवस्थामा कुनै पनि देशले धेरै सावधानीपूर्वक निर्णय लिन्छ। तर यहाँ जेलेन्स्कीको कूटनीतिको प्रभावका कारण जर्मनीले चाँडै युक्रेनलाई हतियार दिने घोषणा गर्यो।

जर्मनीले युक्रेनलाई एक हजार ट्याङ्क विरोधी हतियार र ५०० स्टिङ्गर मिसाइल दिने भएको छ । यसका लागि जर्मनीले रक्षा खर्च बढाएको छ र रुसलाई स्विफ्टबाट हटाउन सहमत भएको छ ।

फ्रान्स, पोल्याण्ड र अमेरिकाले पहिले नै सहयोगको घोषणा गरिसकेका छन्। अमेरिकाले थप ३५ करोड डलरको सैन्य सहायता उपलब्ध गराउने भएको छ । यसमा धेरै हतियार, गोला बारूद समावेश छ।

जर्मनी मात्र होइन, बेलायत, क्यानाडा र फ्रान्स पनि रुसलाई स्विफ्ट प्रणालीबाट अलग गरेर रुसलाई पाठ सिकाउन एकजुट भए ।

जेलेन्स्कीको लबिङले युरोपेली नेताहरूलाई रुसी केन्द्रीय बैंकको सम्पत्ति रोक्का गर्न सहमत गराउन सक्छ। यदि यस्तो भयो भने पुटिनको निर्णयले उनको देशको अर्थतन्त्रलाई ठूलो धक्का लाग्न सक्छ।

रुसका प्रमुख बैंकहरूलाई भुक्तानी प्रणाली स्विफ्टबाट बाहिर गर्ने ठूलो निर्णयले पुटिनको तनाव बढाउन सक्छ। रुसी बैंकलाई ‘स्विफ्ट’ अन्तर्राष्ट्रिय वित्तीय सन्देश प्रणालीबाट हटाउने निर्णयमा जापानले अमेरिका र युरोपेली मुलुकसँग सहकार्य गर्ने निर्णय गरेको छ । 

स्विफ्ट एक विश्वव्यापी भुक्तानी प्रणाली हो। यो वित्तीय सन्देश पूर्वाधार हो जसले विश्वका बैंकहरूलाई जोड्ने काम गर्छ। यसले २०० मुलुक र ११ हजार वित्तीय संस्थाहरूलाई वित्तीय लेनदेनसम्बन्धी निर्देशनहरू प्रदान गर्दछ।

युक्रेनको सेना रूसको शक्तिशाली सेनाको अगाडि लामो समय टिक्न नसक्ने एक अधिकारीले स्वीकार गरेका छन् । यस्तो अवस्थामा जेलेन्स्कीको ध्यान पुटिनलाई आर्थिक र राजनीतिकरूपमा सीधै चोट पुर्याउनु  छ  । किनकी उनलाई पनि थाहा छ कि युद्धको मैदानमा पुटिनलाई हराउन सकिँदैन। एजेन्सीको सहयोगमा