११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा मतगणनामा ढिलाइ भएपछि अधिकार प्रत्यायोजन



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०६३ अनुसार वडाध्यक्षबाट सम्पादन हुने कार्यहरुको अधिकार वडासचिवहरुलाई प्रत्यायोजन गरेको छ ।

गत वैशाख १५ गतेको निर्णयअनुसार नै वडासचिवहरुलाई अधिकार प्रत्यायोजन गरिएको र निवर्तमान वडाध्यक्षहरुको कार्यावधि जेठ ५ गते सकिएकाले अर्को वडाध्यक्ष निर्वाचित भएर नआएसम्मका लागि वडासचिवहरुलाई अधिकार प्रत्यायोजन गरिएको हो ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकाको मतगणना अझै नसकिएको हुनाले वडाध्यक्षले गर्ने काम वडा सचिवहरुले गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सबै वडा सचिवलाई लेखेको पत्रमा सेवाग्राही नागरिकहरुको सेवा प्रवाह प्रक्रियालाई निरन्तरता दिनुपर्ने बाध्यात्मक अवस्था रहेकाले अधिकार प्रत्यायोजन गरिएको उल्लेख गर्नुभएको छ ।

वडा सचिवहरुलाई व्यक्तिगत घटना दर्ता गर्ने, नाता प्रमाणित गर्ने, अत्यावश्यक सिफारिस प्रदान गर्ने, सर्जिमिन मुचुल्का (नक्सा पास, म्याद टाँस) लगायतका काममा रोहवर प्रमाणित गर्ने र वडा तहका अन्य प्रशासनिक कार्यहरु गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको छ ।