१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्देशक घिमिरे वडाध्यक्षमा विजयी



अ+ अ-

दाङ । दाङको घोराही उपमहानगरपालिका–४ बाट निर्माता तथा निर्देशक मुनाल घिमिरे वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । नेकपा (एमाले) का उम्मेदवार घिमिरे स्वयंले सामाजिक सञ्जालमार्फत आफूले वडाध्यक्षमा जितेको बताएका छन् ।

“मलाई आफ्नो अमूल्य भोट दिएर ४ नम्बर वडाध्यक्ष बनाउनु भएकोमा सम्पूर्ण मतदाताप्रति आभार प्रकट गर्दछु”, उनले लेखेका छन्।

घिमिरेले सन् २००८ मा ‘खबरदारी’ फिल्मको निर्देशन तथा निर्माण गरेका थिए । सन् २०१५ मा उनले ‘इच्छा’ निर्देशन गरेका थिए ।