• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै ★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत ★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै

अन्तरजातीय विवाह गर्ने तीन जोडी सम्मानित



चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका तीन जोडीलाई सम्मान गरेको छ । महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिले उनीहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा भरतपुर महानगरपालिका–११ का सुरज परियार र अनुमाया कुमाल, भरतपुर–१३ का राजेश विक र सन्ध्या तामाङ तथा भरतपुर–२ का बद्री बोहरा र सिर्जना विश्वकर्माको जोडी रहेको छ । उनीहरूलाई महानगरले बिहीबार एक कार्यक्रमकाबीच एक जोडीलाई नगद रु एक–एक लाखसहित सम्मान गरेको हो ।

कार्यक्रममा महानगरका कार्यवाहक प्रमुख पार्वती शाह ठकुरीले छुवाछूतको अन्त्य घरबाटै सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समाजमा रहेको जातीय विभेद हटाउन घर, टोलबाटै अभियान सुरु गर्नुपर्छ ।” समाजमा रहेको कुरीति अन्त्यका लागि सबै मिलेर लाग्नुपर्ने उहाँको भनाइ थियो ।

सो अवसरमा भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेल, उत्पीडित दलित वर्ग विकास समितिका पूर्व कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, सामाजिक विकास अधिकृत शान्ता पौडेल, महानगरपालिका–१० का वडा सदस्य माया नेपाली, महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिका संयोजक चक्र रुचाललगायतले बोल्नुभएको थियो ।

महानगरले यसअघि पनि अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई सम्मान गरेको थियो ।