• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर ★   ‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’ ★   ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ ★   राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना ★   हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो ★   आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ★   सञ्चार मन्त्रालयको विज्ञप्तिपछि चल्न थाल्यो इन्टरनेट ★   चेल्सीले टोटेनहमलाई हरायो ★   वैशाख २८ गतेका लागि बजेट अधिवेशन आह्वान ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने, एमाले अनिर्णित, कांग्रेसले प्रदेशसभा नै अवरुद्ध पार्ने

बालुवाटारमा बलात्कार पीडितलाई न्‍याय माग्दै धर्ना -फोटो फिचर



काठमाडौँ । ‘अकुपाइ बालुवाटार’ नामक अभियान चलाएर युवाहरुले आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत युवतीलाई न्याय दिनका लागि दबाब दिन प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । युवाहरुले स्वतः स्फूर्तरुपमा भेला भई धर्ना दिएका हुन् ।

पीडित युवतीले बुधबार सामाजिक सञ्जाल टिकटकमा सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले आफूलाई लठ्ठिने चिज भएका पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी थिइन् ।

शुक्रबार साँझ सामाजिक सञ्जालमा ‘अकुपाइ बालुवाटार’ कार्यक्रमको आह्वान गरिएको थियो । सामाजिक सञ्जालमा पीडित युवतीको मनोबल कमजोर हुन नदिन र आरोपित व्यक्तिलाई सजाय दिन सो कार्यक्रमको आह्वान गरिएको थियो ।