• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा ★   ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक ★   यी खेलाडीका कारण चेन्नईले आरसीबीसँगको खेल गुमाउनुपर्यो ★   प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा ★   संसद बैठक २ बजेका लागि सर्‍यो ★   अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छ: मन्त्री श्रेष्ठ ★   जब प्राधिकरणले चेपाङ बस्तीमा नि:शुल्क मिटर बाँड्यो… ★   म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए ★   दु:खबाट मुक्ति पाउन मोहिनी एकादशीको व्रत ★   टीओआर नटुंगिएसम्म सदन नचलाउन सभामुखलाई विपक्षी दलको आग्रह

सप्तरीमा निर्वाचित वडा सदस्यको निधन



सांकेतिक तस्बिर

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको छ ।

सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिनुभयो । उहाँका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किनु भएको थियो । खाना खाएर सुत्नुभएका उहाँको निधन भएको बताइएको छ ।

बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी हुनुभएको थियो । उहाँले वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याउनुभएको थियो । सदस्यमा उहाँसित एमालेका रामअवतार मण्डल र अगम साहु तेली पराजित भएका थिए । रासस