२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पाको रम्भामा मतगणना अझै सुरु भएन



अ+ अ-

रामपुर । पाल्पाको रम्भा गाउँपालिका मत गणना कार्य अझै सुरु हुन सकेको छैन । वडा नं. ५ ताहुँको मत गणना गर्ने क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ वजेदेखि गणना कार्य अगाडि बढ्न सकेको छैन ।

मत गणनामा खटिएका कर्मचारी र राजनीतिक दलका प्रतिनिधिले टिपोट गरेको सङ्ख्यामा एकरुपता नभएपछि विवाद हुँदा गणना कार्य स्थगित भएको निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले बताउनुभयो । निर्वाचन आयोगबाट मत गणना गर्न आदेश आए पनि दलहरुबीच विवाद हँुदा प्रक्रिया अगाडि बढ्न नसकेको उहाँको भनाइ छ ।

खसेको मतभन्दा ७४ वटा मत फर्जी भेटिएपछि विवाद भएको हो । यहाँ एक हजार ९२२ मत खसेको थियो । सत्तारुढ गठबन्धनका विभिन्न दलहरुले विज्ञप्ति जारी गर्दै सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका छन् । मतगणना स्थलमा गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो ।

निर्वाचन अधिकृतको कार्यालय रम्भाले विभिन्न चरणमा बैठक बसी स्थगित गतगणना सुरु गर्न प्रयास गरिएपछि सफल नभएको जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा नौ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ ।