• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

महानगर प्रमुखमा कांग्रेसका महर्जन र उपप्रमुखमा एमालेकी शाक्यको अग्रता कायम



काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम छ । पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले १४ हजार २८५ र नेकपा ९एमाले० का हरिकृष्ण व्यञ्जनकारले सात हजार १२९ मत पाउनुभएको छ

। उपप्रमुखमा एमालेकी उम्मेदवार शाक्यले सात हजार ३७७ मत र नेकपा ९माओवादी० का बाबुराजा बज्राचार्यले चार हजार ७७५ मत पाउनुभएको छ । आठ वडाको वडाध्यक्षमा नेपाली चार कांग्रेस, दुई नेकपा ९एकीकृत समाजवादी० एक एमाले र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । हाल वडा नं ९, १० र ११ को गणना जारी रहेको छ ।

महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म आठ वडाको मात्रै परिणाम आएको छ । शुक्रबार मतदान भएकामा शनिबारबाट मतगणना सुरु भएको थियो । सुरुमा एक ठाउँमा मात्रै गणना भएकामा हाल तीन वडाको एकै पटक गणना भइरहेको छ । अन्तिम मतपरिणाम आउन अझै केही दिन लाग्ने देखिएको छ । रासस