२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा एमालेलको जित



अ+ अ-

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । काठमाडौँका नगरपालिकाहरुमा एमालेको प्रमुख पदमा यो दोस्रो जित हो ।

एमाले उम्मेदवार मिठाराम अधिकारी १४ हजार २५० मत ल्याई प्रमुख पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विनोद चालिसे ११ हजार ५१२ मत ल्याई पराजित भए ।

बूढानीलकण्ठको उपप्रमुखमा एमालेकै उम्मेदवार अनिता लामा १४ हजार ३१४ मत हासिल गरी निर्वाचित बनेकी छन् । कांग्रेसकी उपप्रमुख उम्मेदवार रमिला वाग्ले ११ हजार ९७२ मत पाई पराजित भइन् ।

यसअघि काठमाडौँको टोखा नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भइसकेका छन् ।