११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीको भोक्राहामा कांग्रेस विजयी



Nepali Congress
अ+ अ-

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सोही पार्टीका सुनिता उराँव निर्वाचित हुनुभएको छ । उहाँहरुले क्रमशः चार हजार ६०६ र तीन हजार ९७४ मत प्राप्त गर्नुभएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नवनिर्वाचित अजमलका प्रतिद्वन्द्वी नेकपा (एमाल) का उम्मेदवार तथा निर्वतमान गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले तीन हजार २७१ मत र निर्वाचित उपाध्यक्ष उराँवकी प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी उम्मेदवार तथा निर्वतमान गाउँपालिकाका उपाध्यक्ष पुनमकुमारी मेहताले दुई हजार ६१८ मत प्राप्त गर्नुभएको थियो ।

भोक्राहा नरसिंह –१ मा राप्रपाका लक्ष्मण मेहता, वडा नम्बर–२ मा न कांग्रेसका आलम अन्सारी, वडा नम्बर–३ मा नेकपा (एकीकृत समाजवादी) का धीरेन्द्रकुमार यादव, वडा नम्बर–४ मा कांग्रेसका हारुन अन्सारी, वडा नम्बर–५ मा राप्रपाका हविव मंसुरी, वडा नम्बर–६ मा कांग्रेसका सराजुद्धिन अन्सारी, वडा नम्बर–७ मा राप्रपाका बौवालाल यादव र वडा नम्बर–८ मा कांग्रेसका हाजी उसमान मियाँको प्यानल विजयी भएका छन् ।