२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको कालिका नगर प्रमुखमा एमालेका रेग्मी निर्वाचित



अ+ अ-

चितवन । चितवनको कालिका नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का विनोद रेग्मी निर्वाचित भएका छन् । उनले पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका शिवराम केसीलाई पराजित गर्दै उम्मेदवार १४३ मतले पराजित गरेका हुन् ।

रेग्मीले १० हजार ७१४ मत ल्याई निर्वाचित हुँदा पराजित बनेका कांग्रेसका केसीले १० हजार ५७१ मत पाए । मतगणना हुँदा रेग्मी र केसीका बीचमा निकै प्रतिस्पर्धा भएको थियो ।

उपप्रमुखमा समेत एमालेकै विमला लामा निर्वाचित भएकी छन् । विमलाले १० हजार ४४९ मत ल्याई निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) की सविता लामाले नौ हजार ६८८ मत प्राप्त गरिन् ।

कालिकामा ११ वटा वडा रहेक छन् । यस नगरपालिकामा कांग्रेसले ५, एमालेले ४ र माओवादीले २ वडा जितेको छ ।