६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेढ वर्षपछि पर्यटकका लागि नेपाल खुला



अ+ अ-

काठमाडौं । सरकारले डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि २०७६ फागुनदेखि सरकारले अनअराइभल भिसा दिन रोक लगाएको थियो । यो निर्णयलाई संशोधन गर्दै सरकारले अनअराइभल भिसा खुला गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ बिहीवार सार्वजनिक गर्दै अनअराइभल भिसा खुला गरेको बताएको छ । आदेश राजपत्रमा प्रकाशित भएपछि मात्रै लागू हुनेछ । सरकारको यो निर्णयसँगै अब विदेशी पर्यटकले नेपाल आउँदा होटेल क्वारेन्टाइन बस्नु नपर्ने र विमानस्थलबाट सीधै भिसा पाएर गन्तव्यमा जान पाउनेछन् ।

यसका लागि सरकारले केही शर्तहरू भने तोकेको छ । उक्त आदेशअनुसार कोभिड–१९ विरुद्ध खोपको मात्रा पूरा गरेका नागरिकलाई मात्रै यस्तो भिसा दिइनेछ । अनअराइभल भिसाका लागि नेपाल आउने पर्यटकले नेपालको अध्यागमन प्रवेश विन्दुमा भिसाका लागि आवेदन दिनुपर्नेछ । आवेदन दिँदा उनीहरूले कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, हवाई उडानका लागि चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश गर्नुपर्नेछ ।

नेपालमा पर्वतारोहण र पदयात्रामा आउनेहरूले अनुमतिको प्रतिलिपि, होटेल बुक गरेको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) अनलाइन फारम भरी त्यसको प्रिन्टजस्ता कागजातसमेत पेश गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । यी कागजात अर्थात् शर्तहरू पालना गरेका पर्यटकहरू गन्तव्यमा जान पाउनेछन् । सरकारको यो निर्णयलाई पर्यटन व्यवसायीहरूले सकरात्मक रूपमा लिएका छन् ।

सरकारले ढिलै भए पनि सकारात्मक निर्णय गरेको एक्सपिडिशन अपरेटर्स एशोसिएशन अफ नेपाल (इओन)का अध्यक्ष डम्बर पराजुलीले बताए । सरकारले डेढदेखि २ महीना नै ढिला गरेर अनअराइभल भिसा खुलाउँदा धेरै पर्यटक आकर्षित नहुने उनको तर्क छ ।

‘सरकारको कदम सही हो तर ढिलो गरी यो निर्णय आयो,’ पराजुलीले भने, ‘२ महिनाअघि भएको भए राम्रै प्रभाव हुने थियो किनभने नेपालमा भिसा खुला गर्नासाथ पर्यटक आइहाल्ने भन्ने हुँदैन । पर्यटकले पर्यटकीय सिजनका लागि पहिलादेखि नै तयारी, बिदा, बुकिङ समय पाउने थिए, यसले राम्रो नतीजा ल्याउन सक्थ्यो ।’ यो समाचार आर्थिक अभियान दैनिकमा छ ।