२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायु प्रदूषण जाँच्न नयाँ मापदण्ड, दबाबमा नेपाल



अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानव स्वास्थ्यका लागि प्रतिकूल मानिने वायुमण्डलमा रहेका अति सूक्ष्म कण मापनसम्बन्धी मापदण्ड १५ वर्षपछि पुनरवलोकन गरेपछि प्रदूषित राष्ट्रको सूचीमा अगाडि रहेको नेपाललाई राष्ट्रिय मापदण्ड घटाउन दबाब परेको छ।

ब्लुएचओको बुधबार सार्वजनिक गरेको नयाँ मापदण्डमा यसअघि सुरक्षित मानिएका वायु प्रदूषणका विभिन्न मानकलाई उल्लेख्य रूपमा घटाइएको छ। डब्लुएचओले सन् २००५ मा निर्धारण गरेको मापदण्डमा वायुमण्डलमा पिएम २.५ को स्तर प्रतिघनमिटर वायुमा वार्षिक सरदर १० माइक्रोग्राम हुनुपर्ने उल्लेख थियो। 

संशोधित मापदण्डमा यसलाई ५ माइक्रोग्राम प्रतिघनमिटर तोकिएकोे छ। वायु प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २.५ माइक्रोमिटर तथा त्यसभन्दा सानो व्यास भएका सूक्ष्म कणहरूलाई पिएम २.५ को रूपमा मापन गरिन्छ।

नयाँ मापदण्डले वायु प्रदूषणका कारक तत्वको स्तरलाई घटाएर जनस्वास्थ्यको सुरक्षामा सहयोग पुग्ने दाबी डब्लुएचओको छ। वायु प्रदूषणका लागि जिम्मेवार केही कारक तत्वमध्ये जलवायु परिवर्तनसमेत भएको डब्लुएचओको तर्क छ।

सन् २००५ मा मापदण्ड तय गरिएपछिका वर्षमा भएका विभिन्न अध्ययनले वायु प्रदूषणले मानव स्वास्थ्यका विभिन्न पक्षलाई अत्यधिक प्रभावित पार्ने देखिएकाले अधिकांश मानकलाई घटाउनु परेको डब्लुएचओले स्पष्ट पारेको छ। 

वायु प्रदूषणका लागि प्रमुख रूपमा जिम्मेवार मानिएका ६ कारक तत्वअन्र्तगत पिएम २.५, पिएम १०, ओजोन, नाइट्रोजन अक्साइड, सल्फर डाइअक्साइड र कार्बन मनोअक्साइडसँग सम्बन्धित मानकलाई घटाइएको हो। यो समाचार आजको नागरिक दैनिकमा छ ।