८ भाद्र २०८३, सोमबार
,
Latest
दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनबाट अलग भयो जनमोर्चा



file photo
अ+ अ-

काठमाडौँ। सत्ता गठबन्धनमा रहेको दल राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएको छ । राष्ट्रिय जनमोर्चाले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो।

राष्ट्रिय जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो।

आइतबार संसदमा एमसीसीबारे भएको छलफलमा पनि जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौता राष्ट्रिघाति भएको बताएकी थिइन्। उनले एमसीसी अनुमोदन गर्न नहुने बताएकी थिए। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि एमसीसी राष्ट्रिघाति भएको भन्दै विरोधमा उत्रदै आएका छन्।

यससँगै सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी रहेका छन्।