८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मकवानपुरका दुई पालिकामा एमाले र एक पालिकामा गठबन्धन निर्वाचित

मकवानपुरका दुई पालिकामा एमाले र एक पालिकामा गठबन्धन निर्वाचित
अ+ अ-

मकवानपुर । मकवानपुरको तीनवटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का देवकृष्ण पुडासैनी र उपाध्यक्ष पदमा उमाकुमारी लामा निर्वाचित हुनुभएको छ भने भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेकै हिदम लामा र उपाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेस सञ्जीव श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

त्यस्तै कैलाश गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा कांग्रेसका लोक मुक्तान र उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्ल निर्वाचित हुनुभएको हो । इन्द्रसरोवरमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षसहित पाँच वटामध्ये दुई वटावडामा नेतृत्व गरेको छ, भने भीमफेदी गाउँपालिकामा अध्यक्षसहित ९ वटामध्ये ५ वडामा नेतृत्व गरेको छ ।

भीमफेदीको उपाध्यक्षमा गठबन्धनका कांग्रेस र माओवादीले क्रमश ३ र १ नं वडामा नेतृत्व हात पारेको छ । कैलाश गाउँपालिकामा भने अध्यक्ष तथा उपाध्यक्ष गठबन्धनले जित्दा पाँच वडामा नेपाली कांग्रेस विजयी भएको छ भने नेकपा एमाले र माओवादी केन्द्र क्रमशः ४ र १ वडामा विजयी भएको छ ।

जिल्ला निर्वाचन कार्यालयले अब मकवानपुरगढी गाउँपालिकाको ८ वडामध्ये दुईवटा वडा मात्रै गन्न बाँकी रहेको र मनहरी, बकैया र राख्सिराङ गाउँपालिकाको अन्तिम परिणाम आजै रातिसम्म आउने जनाएको छ । मनहरि, बकैया र बागमती गाउँपालिकाको पनि मतगणना जारी रहेको छ । थाहा नगरपालिकाको आठ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ भने हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकासहित पाँच वटा गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभएको छ ।

हेटौँडा उपमहानगरपालिकाको चारवटा वडाको मतगणनाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । वडा नं १ मा गठबन्धनका सविन न्यौपाने, २ मा पनि गठबन्धनकै विष्णु गोपाल महर्जन निर्वाचित हुनुभएको छ भने १८ नम्बरमा एमालेका अनिल बानियाँ र १९ नम्बरमा पनि एमालेकै नरनाथ सुवेदी निर्वाचित हुनुभएको छ ।

कूल १९ वटा वडा रहेको हेटौँडामा चारवटा वडाको मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट प्रमुख तथा उपप्रमुखका उम्मेदवार हुनुभएकाद्वय मीना लामा र राजेश बानियाँले अग्रता कायमै राख्नुभएको छ । मतगणना जारी रहेको जनाइएको छ ।