• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

भरतपुर महानगरपालिका: रेणु अघिअघि विजय पछिपछि



चितवन । भरतपुर महानगरपालिकाका ४ वटा वडाको मतगणना सम्पन्न हुँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले ८७ मतको अग्रता बनाएकी छन् ।

हालसम्म १७ हजार ३४ मत गन्दा दाहालले ६ हजार २ सय २ मत ल्याएकी छिन् भने उनलाई नेकपा एमालेका विजय सुवेदीले ६ हजार १ सय १५ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार२२ मत ल्याएका छन् । भरतपुरमा २९ वटा वडा छन् ।