• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल ★   काँग्रेसले भन्यो: झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ

भरतपुरमा ३८ मतले सुवेदीको अग्रता



चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा (एमाले) ले अग्रता बनाएको छ ।

प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले ३८ मतले अग्रता कायम गरेका छन् । उनले ४४५१ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रेनु दाहालले ४४१३ मत प्राप्त गरेकी छन् ।

कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले एक हजार १९४० मत ल्याएका छन् । उपमेयर पदमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५१९२ मतसहित अग्रता बनाएका छन् ।