१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभा खाँदबारीमा प्रमुखमा कांग्रेसका थपलिया विजयी



अ+ अ-

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया विजयी हुनुभएको छ ।

उहाँले आठ हजार ३४ मत ल्याउनुभएकामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर घिमिरेले पाँच हजार ५८९ मत ल्याउनुभयो । घिमिरे २०४५ सालको स्थानीय तहको निर्वाचनमा नगरपालिकाको उपप्रमुख हुनुभएको थियो ।

उपप्रमखमा नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी हुनुभयो । उहाँले छ हजार ३८५ मत प्राप्त गर्नुभएकामा निकटम प्रतिद्धन्दी गठबन्धन तर्फबाट माओवादी केन्द्रका दिब्यराज बरालले पाँच हजार १४७ मत प्राप्त गर्नुभयो ।

खाँदबारीमा वडा नम्बर १,७,८,११ कांग्रेसले, वडा २, ३, ४, ५, ९ र १० नेकपा एमालले जितेको छ भने वडा नम्बर ६ मा माओवादीले जितेको छ ।