२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा नेमकिपाको क्लिनस्वीप



अ+ अ-

भक्तपुर । भक्तपुरको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसा पार्टी (नेमकिपा) ले क्लिनस्वीप गरेको छ । सो नगरपालिकामा मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेमकिपाका उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरमा निवर्तमान मेयर सुनील प्रजापति नै दोहोरिएका छन् । उनले अत्यधिक मतसहित विजय हासिल गरेका हुन् । प्रजापतिले २९ हजार २०० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद कासुलाले तीन हजार ३५२ मत मात्रै पाएका छन् ।

मेयर पदमा नेकपा (एमाले) का रवीन्द्र लाछिमस्यूले दुई हजार ८३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बद्री लाखाजुले एक जहार १३८, नेकपा (माओवादी केन्द्र) का तुल्सीभक्त सुवालले ७४२, राष्ट्रिय जनमोर्चाका रामभक्त किजुले ४१४ र जनता समाजवादी पार्टी (जसपा) का राजाराम ढुकुछुले १२१ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि नेकमकिपाकै रजनी जोशीले जित हासिल गरेकी छन् । उनले २९ हजार ६९५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रञ्जना खर्बुजाले दुई हजार ७८४ मत पाएकी छन् । त्यस्तै उपमेयर पदका लागि उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का ओमचरण अमात्यले एक हजार ७४२ र राप्रपाकी लक्ष्मी छुस्याबागले एक हजार १८० पाएका छन् ।