२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंखरापुरमा मेयरमा चार पक्षीय भिडन्त



अ+ अ-

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकामा मेयर पदमा चार दलबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

प्राप्त पछिल्लो मत परिणामअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मेयर उम्मेदवार रमेश नापितले दुई हजार ४२९ मत ल्याएका छन् भने नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार एलपी श्रेष्ठले दुई हजार ३८५ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा (एमाले) का मेयर उम्मेदवार कृष्ण बजगाईंले दुई हजार ३२८ मत ल्याउँदा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले दुई हजार तीन मत हासिल गरेका छन् ।

अहिले मतगणना जारी छ । अहिलेसम्मको अवस्थामा मेयर पद यही पार्टीले जित्नेछ भनेर यकीन गर्ने स्थिति बनेको छैन ।