• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   योग र ध्यानमा जोड दिनु आवश्यक: उपप्रधानमन्त्री श्रेष्ठ ★   बागमती प्रदेशसभा बैठक बस्दै ★   महर्षि धनञ्जयगोत्री समाजको दोस्रो स्थापना दिवस सम्पन्न ★   नेपाल र युएईबीचको खेल पनि घरेलु मैदानमा नहुने ★   पहिलो पटक चिडियाखाना पुगेका आश्रमका बालबालिकाले बाघ देखेपछि… ★   भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु ★   बाल्यकालका साथी, मैदानमै मस्ती ★   गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कैयौँ गुणा बढी छ: प्रधानमन्त्री ★   सन्दीपलाई न्याय माग्दै सर्वोच्च अगाडि नाराबाजी गर्ने निकोलस भुसाल पक्राउ ★   तोलामा तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

कीर्तिपुरमा कांग्रेसको अग्रता



कीर्तिपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले छ हजार ८१० मत प्राप्त गर्नुभएको छ । सोही पदमा नेकपा (एमाले)का केशरत्न बज्रचार्यले तीन हजार ७८२ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा जनता समाजवादी पार्टीका शुभलक्ष्मी शाक्यले छ हजार ३८४ प्राप्त गर्नुभएको छ भने एमालेका बिन्दु महर्जनले चार हजार ९७१ मत प्राप्त गर्नुभएको छ । दश वडा रहेको उक्त नगरपालिका– ४ मा स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारीले एक हजार ३८० मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजेन्द्र बानियाँले एक हजार ५७ मत प्राप्त गर्नुभयो ।

वडा नं ५ मा कांग्रेसका राजेन्द्रकुमार महर्जनले एक हजार ३४० मतसहित विजयी हुनुभएको छ उहाँको निकटतम प्रतिस्पर्धी एमालेका सुशील महर्जनले ७३१ मत प्राप्त गर्नुभयो ।

वडा नं ६ मा कांग्रेसका खिरमान बस्नेतले एकहजार ३३३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का सुशील डङ्गोलले ८७० मत प्राप्त गर्नुभएको थियो । वडा नं ७ मा कांग्रेसका दिवाकर शर्मा अधिकारीले ६८७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका हरिबहादुर महर्जनले ३९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिनुभयो ।

अन्य वडाको मतगणना जारी छ । कूल तीस हजार ३२८ मतदाता भएको उक्त नगरपालिकामा २४ हजार ३२ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।