• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

सङ्खुवासभाको सिलिचोङमा अध्यक्षमा कांग्रेसका मेवाहाङ विजयी



किमाथाङ्का । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भुपालराज मेवाहाङ विजयी हुनुभएको छ ।

मेवाहाङले दुई हजार २०३ मत ल्याएर विजयी हुनुभएको हो । त्यस्तै नेकपा (माओवादी केन्द्र) का योगेन्द्र कुलुङले दुई हजार ९ मत प्राप्त गर्नुभएको थियो ।

यहाँको उपाध्यक्षमा कांग्रेसकै देबिता कुलुङ विजयी हुनुभयो । उपाध्यक्ष कुलुङले दुई हजार ७५ मत ल्याउनुभएको थियो । माओवादीका देवीकुमारी मेवाहाङले एक हजार ७७० मत ल्याउनुभएको छ ।

सिलिचोङमा वडा नं १ र ५ माओवादी केन्द्रले जितेको छ । वडा नं १ को वडाध्यक्षमा माओवादी केन्द्रका गणेश कुलुङ र वडा नं ५ मा ईश्वर राई विजयी हनुभयो । त्यसैगरी वडा नं ३ नं मा कांग्रेसका प्रतापसिंह तामाङले विजय हासिल गर्नुभयो । त्यसैगरी वडा नं २ मा नेपाली कांग्रेसका मोहन शम्शेर कुलुङ विजयी हुनुभयो ।