१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभाको सिलिचोङमा अध्यक्षमा कांग्रेसका मेवाहाङ विजयी



अ+ अ-

किमाथाङ्का । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भुपालराज मेवाहाङ विजयी हुनुभएको छ ।

मेवाहाङले दुई हजार २०३ मत ल्याएर विजयी हुनुभएको हो । त्यस्तै नेकपा (माओवादी केन्द्र) का योगेन्द्र कुलुङले दुई हजार ९ मत प्राप्त गर्नुभएको थियो ।

यहाँको उपाध्यक्षमा कांग्रेसकै देबिता कुलुङ विजयी हुनुभयो । उपाध्यक्ष कुलुङले दुई हजार ७५ मत ल्याउनुभएको थियो । माओवादीका देवीकुमारी मेवाहाङले एक हजार ७७० मत ल्याउनुभएको छ ।

सिलिचोङमा वडा नं १ र ५ माओवादी केन्द्रले जितेको छ । वडा नं १ को वडाध्यक्षमा माओवादी केन्द्रका गणेश कुलुङ र वडा नं ५ मा ईश्वर राई विजयी हनुभयो । त्यसैगरी वडा नं ३ नं मा कांग्रेसका प्रतापसिंह तामाङले विजय हासिल गर्नुभयो । त्यसैगरी वडा नं २ मा नेपाली कांग्रेसका मोहन शम्शेर कुलुङ विजयी हुनुभयो ।