२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कागेश्वरी मनोहरामा कांग्रेसका कार्कीको अग्रता



अ+ अ-

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उपेन्द्र कार्कीले अग्रता लिनुभएको छ ।

पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार कार्कीले तीन हजार ५५१ मत पाउनुभएको छ । उहाँलाई पछ्याउँदै नेकपा एमालेका रामशरण ढुङ्गानाले तीन हजार १०७ मत ल्याउनुभएको निर्वाचन अधिकृत शारदा राउतले राससलाई जानकारी दिनुभयो ।

नगर प्रमुखमा नेकपा एकीकृत समाजवादीका कृष्णहरि थापाले एक हजार ३१ मत पाउनुभएको छ । थापा विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट नगर प्रमुख निर्वाचित हुनुभएको थियो । नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजु फुयाँलले २६८ मत पाउनुभएको छ ।

यसैगरी उपप्रमुखमा एमालेका शान्ता थापाले तीन हजार ९२५ मतका साथ अग्रता कायम गर्नुभएको छ । उहाँलाई पछ्याउँदै नेकपा माओवादी केन्द्रका भोला चापागार्इँले एक हजार ७८८ मत पाउनुभएको छ । समाजवादीका सरस्वती नेपालले ५१९ मतका साथ पछ्याइरहनुभएको छ । नगर उपप्रमुख राप्रपाका उम्मेद्वारले ४३५ मत पाउनुभएको छ ।

वडा नं ९ मा कांग्रेसका अनिल थापा विजयी

नगरपालिकाको ९ नं. वडामा कांग्रेसका अनिल थापा वडाध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँले एक हजार ५०२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले एक हजार ४४१ मत पाउनुभएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।

वडा नं १ मा भने यसअघि नै एमालेका मुकुन्द गजुरेल निर्वाचित भइसक्नुभएको छ । उहाँले एक हजार ७०७ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मण खड्काले एक हजार ४३७ मत पाउनुभएको निर्वाचन कार्यालय जनाएको छ । अहिले नगरपालिकाको वडा नं २ र ८ को मतगणना भइरहेको छ ।

नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमाले विजयी भएको थियो । सो निर्वाचनमा एमालेले छ वटा वडामा वडाध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो । कांग्रेसले तीन वटा वडामा जितेको थियो ।