११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दे गाउँपालिका अध्यक्षमा एमाले विजयी



अ+ अ-

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ ७१८ मतान्तरले विजयी हुनुभएको छ । श्रेष्ठले चार हजार ९५० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिनुभयो । प्रतिस्पर्धी कांग्रेसका मायादेवी रानाले चार हजार २३२ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा कांग्रेसका बालकृष्ण घिमिरे पाँच हजार ३९ मत प्राप्त गरी विजय हुनुभएको छ । प्रतिस्पर्धी एमालेका रत्नादेवी घिमिरेले चार हजार २०० मत प्राप्त गर्नुभयो । घिमिरे दोस्रो कार्यकालका लागि उपाध्यक्षमा दोहोरिनुभएको हो ।

गाउँपालिकामा कूल १८ हजार १०५ मतदाता रहेकामा ११ हजार ९४३ मत खसेको थियो । विसं २०७४ सालको निर्वाचनमा कांग्रेसकी राना अध्यक्षमा विजयी हुँदा श्रेष्ठ पराजित हुनुभएको थियो । म्याग्दे–१, ३ र ७ मा एमालेले जितेको छ भने वडा नम्बर २, ४, ५ र ६ मा कांग्रेसले जितेको छ ।