१ चैत्र २०८१, शुक्रबार
March 14, 2025 Friday
Latest
सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि समिति गठन परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा पाण्डे नियुक्त पशुपति क्षेत्रको ऐतिहासिक अग्निहोतृशाला वैशाखदेखि सञ्चालन हुने पूर्वविशिष्टलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार गरियोः उपप्रधानमन्त्री सिंह रुखले च्यापिएर दैलेखमा दुई जनाको मृत्यु पारा एथलेटिक्स टोली स्वदेश फर्कियो मलङ्गवामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिंँदै कार्नी फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङको ४५ वडाको मतपरिणाम : गठबन्धनको अग्रता



अ+ अ-

गलकोट । बागलुङका १० पालिकाका ८५ मध्ये तीन पालिकासहित ४५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम हेर्दा गठबन्धनको अग्रता कायमै छ । सार्वजनिक मध्ये १८ मा कांग्रेस, १३ मा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा ७, नेकपा एमालेले ६ र नेकपा एसले १ वटा वडामा जित हासिल गरेको छ ।

गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको सम्पूर्ण मतपरिणाम आइसकेको छ जसमध्ये गठबन्धनका उम्मेदवारले विजयी हासिल गरेका छन् भने गलकोटको ११ नं वडामामात्रै एमाले विजयी भएको छ ।

गलकोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका भरत शर्मा गैरै र उपप्रमखुमा माओवादी केन्द्रका फमलाल न्यूरे निर्वाचित हुनुभएको छ । ११ वडा रहेको नगरपालिकामा एक वडाबाहेक गठबन्धका दलहरुले विजयी प्राप्त गरेका छन् । कांग्रेस २, ३, ४, ५, ८,९ र १० नं मा विजयी भएको छ भने माओवादीले ६ र ७, राष्ट्रिय जनमोर्चाले १ र ११ नं वडा नेकपा एमालेले जितेको छ ।

यस्तै तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा नेपाली कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्षमा हीराकुमारी छन्त्याल विजयी हुनुभएको छ । ६ वडाको तमानखोलामा १, २, ४ मा माओवादी केन्द्र विजयी भएको छ भने ३, ५ र ६ वडामा कांग्रेस विजयी भएको छ । यस्तै ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादीका धनबहादुर विक र उपाध्यक्षमा कांग्रेसका भीमबहादुर रोका विजयी हुनुभएको छ । पाँच वडाको ताराखोलामा सबै वडा माओवादीले जितेको छ ।

ढोरपाटन नगरपालिकामा मतगणना चलिरहँदा हालसम्म ४ वडाको मतपरिणाम सार्वजनिक भएको छ । ९ वडा रहेको नगरपाकिलामा हालसम्म चार वडाको मतपरिणम सार्वजनिक भएको छ । जसमध्ये ९, ६ नं वडामा एमाले, ७ मा राष्ट्रिय जनमोर्चा र ८ मा माओवादी केन्द्रले जितेको छ ।

निसीखोला गाउँपालिकाको सातमध्ये चार वडाको मतपरिणाम सार्वजनिक भएको छ । जस्मा १ र ४ नं वडा कांग्रेस, २ नं वडा माओवादी र ३ मा राष्ट्रिय जनमोर्चाले जित हासिल गरेको छ । बडिगाड गाउँपालिकामा हालसम्म दुई वडाको मात्रै मतपरिणाम सार्वजनिक भएको छ ।

१० वटा वडा रहेको गाउँपालिकामा वडा नं १ मा राष्ट्रिय जनमोर्चा र १० मा माओवादी केन्द्रले जितेको छ । काठेखोला गाउँपालिकाको ३ वडाको मतपरिणाम सार्वजनिक भएको छ । ८ वडा रहेको गाउँपालिकामा १ नं मा कांग्रेस, २ र ३ नं वडामा एमाले विजयी भएको छ । जम्मा १४ वडा रहेको बागलुङ नगरपालिकामा हालसम्म ४ वडाको मतपरिणाम सार्वजनिक भएको छ । १, १४ र १३ मा कांग्रेस, २ नं नेकपा (एकिकृत समाजवादी) विजयी भएको छ । यस्तै १० वडाको जैमिनी नगरपालिकामा हालसम्म तीन वडाको मतपरिणाम आएको छ । जसमध्ये वडा नं ९ मा एमाले, १० मा राजमो र ८ मा कांग्रेस विजयी भएको छ ।

यस्तै ५ वडा रहेको बरेङ गाउँपाकिलामा हालसम्म तीन वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ५ नंमा कांग्रेस र १ र २ नं वडामा राजमोले जितेको छ ।