१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

मनोरञ्जन नभई अनुष्ठान र साधना हो शिवरात्रि

मनोरञ्जन नभई अनुष्ठान र साधना हो शिवरात्रि
अ अ+ अ-

नेपाल शैवभूमि हो, पशुपतिको देश हो, मन्दिरै मन्दिरको राष्ट्र हो । यहाँको समाज, दैनिक, जीवनशैलीमा मठमन्दिर एवं अध्यात्मको प्रत्यक्ष प्रभाव छ । जलेश्वरदेखि गोसाइँकुण्डसम्म, हलेशीदेखि पशुपति अनि वैद्यनाथसम्मका अवस्थितिले शैवको जरा तराईदेखि हिमालीक्षेत्र मजबुतरुपमा गडेको पुष्टि गर्छ । यहाँका नदी, पर्वत, पत्थरमा शिवत्वको सुगन्ध भेटिन्छ । अर्जुनलाई महाभारत जित्न आवश्यक पर्ने पाशुपतास्त्र, विरुपाक्षलाई पापबाट मुक्त गराउने शक्ति प्राप्त गर्न शिवकै आशीर्वाद चाहियो । महादेवबाट मृत्युञ्जय मन्त्र प्राप्त हुन्छ, कामबासना र लोभबाट छुट्करा पाउने शक्ति मिल्छ ।

राष्ट्रको कल्याण चाहने हो भने सरकार प्रमुख वा राष्ट्र प्रमुख नै उपस्थित भइ महाशिवरात्रिमा शिवको विशेष अनुष्ठान गर्नुपर्छ । शिवपूजाका वैज्ञानिक र व्यवहारिक पक्षलाई भुलेर असल र लामो आयुको श्रीमान्को कामना गरी पशुपति ओइरिनेको क्रम बढ्दो छ । श्रीमतीले श्रीमान्को, श्रीमान्ले श्रीमतीको मात्र होइन परिवार र समाजकै उन्नति, सुस्वास्थ र दीर्घजीवन चाहनुपर्छ । शिवरात्रिमा व्यक्तिकेन्द्रित लाभका लागि पूजा गरिनुहुन्न । हरेकका शारीरिक र मानसिक समस्या छन्, समाजदेखि राष्ट्रसम्म द्वैविधाबाट ग्रस्त छ । सबैलाई सुख, शान्ति र स्वस्थ्य चाहिएको हुँदा हरेक वर्ग, वर्ण, संस्कृतिका अनुयायीले शिवको पूजा गर्नुपर्छ ।

हाम्रो परिवार भताभुङ्ग छ, समाज विभाजित छ, राष्ट्र अलमलमा छ त्यसैले सबैलाई शिवसाधना परमआवश्क छ । नेपालका चोकचोकमा शिवालय छन् । जंगलजंगलमा बेलपत्र छन्, प्रत्येक नदी र खोलामा जल छन् भने त्यसलाई अर्पण गरी किन शिवजीको स्मरण र ध्यान नगर्ने ?  पशुपतिको स्थापना ब्रह्मा, विष्णु र इन्द्रले गरेको हुँदा दर्शनीय मानिन्छ । १२ ज्योतिर्लिङ्गको आत्मा भएकाले पूजनीय ठानिन्छ ।

६४ शिवलिङ्गको केन्द्रमा रहेकाले आराध्य हुनुहुन्छ । यसैले शिवरात्रिको मेला पाशुपत क्षेत्रमा विशेष रुपले गरिन्छ । केही वर्षयता चाडपर्वको मर्ममाथि प्रहार भएका छन्, धार्मिक भावमाथि खेलवाड भएका छन्, अनुष्ठानलाई लत्याइएका छन् । आध्यात्मिक लाभ लिनभन्दा पनि क्षणिक मनोरञ्जनमा रमाउने क्रम बढ्दै गएको छ । मन्दिर जाँदा न त सामग्री छ, न त मन्त्र छ, न त भाव छ, न त श्रद्धा छ । हुल बाँधेर, गफ लडाएर, गाँजाको चुस्की लगाई पशुपतिकै दर्शन गरी फर्कनेहरुको क्रम प्रतिवर्ष बढ्दो छ । गाँजालाई प्रयोग गर्न जाने अचुक औषधि बनाउन सकिन्छ नभए दुव्र्यसनीको कारण बन्छ । गाँजा खाएर शिवरात्रि मनाउनेको जत्था केहीवर्षयता मौलाउँदै गएको छ । गाँजा खानु, नाङ्गाबाबासँग बसेर सेल्फी खिच्नु नै शिवको पूजा हो क्यारे जस्तो बन्न पुगेको छ ।

उपत्यका भित्र धार्मिकसंस्था चोक चोकमा भेटिन्छन्, गुरुहरु घरघरमा उपलब्ध छन्, धर्मका चर्चा गर्नेहरु चियापसलै पिच्छे पाइन्छन् तर शिवका नाममा गाँजा पिउनू संस्कृति कि विकृति भन्नेमा अधिकांश अलमलमा नै छन् । नेपालमा संस्कृति मन्त्रालय छ, पाशुपत क्षेत्रको श्रीवृद्धिका लागि पशुपति क्षेत्र विकास कोष छ, यसलाई हेर्ने अन्य धार्मिक, सांस्कृति संगठन तथा विद्वान्विदुषीहरु पनि छन् । उनीहरुलाई शिवको गरिमा, पशुपतिको महिमा बढाउन चासो पुगेझैँ देखिन्न ।

शिवरात्रि अब साधना गर्ने पर्व नभएर गाँजा तान्ने अवसरमा रुपान्तरित  हुन पुगेको छ । पशुपति शब्दले कि त कोही मर्दा जाने, कि त शिवरात्रिमा गाँजा तान्न र बाबा हेर्न जाने स्थानका रुपमा रुपान्तरित भएको झल्को दिन्छ । तीर्थस्थल र देवीदेवताका नाममा यस्ता नग्नता, उच्छृङ्खलता देख्दा आश्चर्य लाग्छ । यस्तो गर्न कुन वेदले अनुमति दिएको छ ? कुन पुराणले स्वीकृति दिएको छ ? कुन संगठनले सहयोग गरेको छ ? अब चिन्तन गर्नुपर्ने अवस्था आएको छ । 

 शिवरात्रिका अवसरमा साधना, ध्यान, ज्ञान, पूजाका पक्षलाई उजागर गर्नेतर्फ न त राज्यको, न त सम्बद्ध निकायको विवेक पुग्यो । साधुसन्त दर्शनसहित योग र जप्न गर्न चाहने, पूजा गरी पुराण सुन्न चाहनेलाई निश्चित ठाउँ उपलब्ध गराइदिएको भए शिवरात्रिको गरिमा बढ्ने थियो । अभिभावकले छोराछोरीलाई निस्कोच पशुपति पठाउने थिए । अब त एक्लै पठाउनका लागि १०८ पटक सोच्नुपर्ने भएको छ । जुंगाको रेखी बस्दै गरेका युवा, वयस्क बन्दै गरेकी युवती पशुपति आएर के गर्ने भन्ने विषय नै धुमिल छ । शिवलाई सम्झेर, पशुपतिको दर्शन गरेर शान्ति मिल्नुको सट्टा जताततै अश्लील व्यवहार, गाँजाको धुवा, आपत्तिजनक बोली सजिलै सुन्न पाइन्छ । यसले हिन्दूधर्ममाथि प्रहारमात्र भएको छैन, राष्ट्रिय चाडमाथि, नेपालको संस्कृतिमाथि औँला उठाउनुपर्ने अवस्था सृजना भएको छ । 

पशुपति आएकाले भस्म लगाउन पाऊन्, बेलपत्र खान पाऊन्, रुद्राक्षको माला लिएर मन्त्र जप्न पाऊन् अनि पो शिवरात्रिको महत्ता बढ्छ । शिवपुराणको वाचन मात्र गराइदिएको भए पनि कान पवित्र हुने थियो, योगशिविरमात्र खोलिदिएको भए ध्यान सिक्ने थिए, कठै मेरो देश, मेरो समाज, मेरा धार्मिक संगठनहरु सबैलाई ताण्डवनृत्य नाच्न मन छ तर न त ताल, न त सुर, न त उपयुक्त स्थान । कुनै शासकलाई मोड चल्छ अनि कसैलाई नसोधी सुनको जलहरी हालिदिन्छ, कुन कर्मचारीलाई रहर लाग्छ अनि गोठाटारको जग्गामा करामत देखाउँछ । स्वदेश र विदेशमा रहेको उच्चकोटिका सन्तहरुलाई भेला गराएर आध्यात्मिक लाभ लिन सक्थे । यहाँका आश्रमहरुलाई संरक्षण गरेर आध्यात्मिक विरासदको संरक्षण गर्न सक्थे । वैदिक ज्ञानको भूमि, पशुपतिको देशले शिवरात्रिको अवसरमा के सन्देश दिने भन्नेतर्फ चुक्नुहुँदैन ।

यहाँका भौतिक र प्राज्ञिक सम्पदालाई उजागर गर्न सके शिवरात्रिको रौनक अर्कै हुने थियो । पाशुपत क्षेत्रमा रहेका योगीराज नरहरिनाथका सामग्री कुहिन्छन्, डा. स्वामी प्रपन्नाचार्यको आश्रममा आउने रकम रोकिन्छ, विभिन्न सन्तको समाधि भत्कन्छ, विश्वरुपा लडेर घायल हुन्छ । वास्तवममा महादेवकै पाराले अगाडि बढेको छ घायल पशुपति । यसले कसलाई दुख पोख्ने ? कोरोनाका नाममा थुनिन्छ, नयाँ काम देखाउने धुनमा भत्कने र बन्ने क्रम चल्छ, सुनजस्तो देखिने पहेँलो वस्तु भनी अभिलेख राखिन्छ । कैलाश, वाग्मती, मृगस्थली, धु्रवस्थलीलाई पनि कहिलेकाहीँ त दिक्क लाग्दो हो ।

शिवरात्रि आएपछि गाँजाको गन्ध, साउनलागेपछि व्यक्तिविशेषको पूजा, सोमवार लागेपछि पञ्चामृतको घनचक्कर । पशुपतिलाई बोझमात्र बोकाइयो । यसले धार्मिक, सांस्कृतिक, ऐतिहासिक विराशद बोकेको छ साथ दिनुपर्छ भन्ने तथ्य भुल्नुहुँदैन । यसले शैवसम्प्रदायलाई मात्र सम्बोधन गर्दैन राष्ट्रको नाक र नेपालीको साख बोकेर सगरमाथाझैँ उभिएको छ । शिवरात्रिले पशुपतिको ओझ बढ्नुपर्छ, शिवरात्रिप्रति सबैको सोच बदल्नुपर्छ । शिवरात्रिले साधनालाई उमा-यो, उपासनालाई फूलायो, शान्तिलाई मौलायो भनेमात्र पशुपतिको गरिमा बढ्ला, हाम्रो पहिचानमा ईट्टा थपिएला ।