५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

ह्वाइट हाउसमा मोदी र बाइडेन बीचमा भेटवार्ता हुने

ह्वाइट हाउसमा मोदी र बाइडेन बीचमा भेटवार्ता हुने
अ+ अ-

वासिङ्टन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग आज भेटवार्ता गर्दैछन् । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका आएका मोदीले शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्ने कार्यक्रम तय भएको छ ।  

बाइडेनले गत २० जनवरीमा अमेरिकी राष्ट्रपतिको पद सम्हालेपछि यी दुई नेताबीच पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको भारतीय विदेश सचिव हर्षवर्धन श्रीङ्गलाले जानकारी दिएका छन् । तीन दिने अमेरिका भ्रमणका क्रममा उनले अन्य देशका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ । सबै भेटवार्तामा उनले साझा चासो, दुई पक्षीय हित, आपसी सहकार्य तथा सम्बन्धलाई अझ बलियो बनाउनेलगायतका विषयमा कुराकानी गर्ने भएको छ ।

प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्ने र आतङवादसँग लड्ने उपायबारे छलफल हुने अपेक्षा गरिएको छ । उनीहरुबीच रक्षा, व्यापार सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई दुई देशका बीचमा अझ बलियो बनाउने बारेमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको पछिल्लो घटनाक्रम र क्षेत्रीय सुरक्षा स्थितिबारे छलफल हुने बताइएको छ । 

बुधबार अमेरिका आएका मोदीले क्वाड शिखर सम्मेलनमा भाग लिने र संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले क्वाड शिखर सम्मेलनमा शुक्रबार नै भाग लिनुहुने छ भने न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्को ७६औं महासभालाई शनिबार सम्बोधन गर्नेछन् ।

क्वाड सम्मेलनमा जापानका प्रधानमन्त्री योशिहिदे सुगा र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसमेत सहभागी हुने भएको छ ।प्रधानमन्त्री मोदीले सेप्टेम्बर २२–२५ को अमेरिका भ्रमणको क्रममा व्यापारिक अन्तरक्रिया पनि गर्ने तालिका रहेको छ ।