५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रम्भामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार, ६ घाइते



अ+ अ-

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् । खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको हो । घाइतेहरूमा तीन जना सुरक्षाकर्मी र तीन जना मतदाता रहेको बुझिएको छ ।

रम्भा–५ ताहुँको मतगणना सम्पन्न हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएको थियो । निर्वाचन अधिकृतको कार्यलयतर्फ जान खोज्ने गठबन्धन दलका कार्यकर्तालाई रोक्ने क्रममा झडप भएको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले तीन जना प्रहरीलाई ढुङ्गा तथा लाठीले हिर्काई घाइते बनाएपछि प्रहरीले अश्रुग्यास हानेको बताउनुभयो । उहाँले थप क्षति हुन नदिन स्थानीय जनता, मतदाता तथा स्थानीय राजनीतिक दललाई आग्रह गर्नुभयो । रासस