३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

चित्रकला एक साधना, लगाव, मेहनत र परिश्रमको उपज हो: ईशान परियार (चित्रकार)

चित्रकला  एक साधना, लगाव, मेहनत  र परिश्रमको उपज हो:  ईशान परियार (चित्रकार)
अ+ अ-
  • कला पेशा हो कि होइन ?

ललितकला अन्तर्गत पर्ने चित्रकला अन्य विधाहरु जस्तै एक महत्वपूर्ण कलाको विधा हो । चित्रकला  एक साधना, लगाव, मेहेनत  र परिश्रमको उपज पनि हो ।  चित्रकला विधामा लागेर सर्वप्रथम  प्राप्त गरिने भनेको आत्मसन्तुष्टि हो । दोस्राेमा कलाको माध्यमबाट  सन्देश वा भाव सम्प्रेषण  र तेस्राे अर्थोपार्जन । 

नेपालको सन्दर्भमा  चित्रकलामा भाग्य खोज्नेको जमात धेरै पाइन्छ । तर चित्रकला नै कोरेर जीविकोपार्जन वा पेशाको रुपमा अगाल्नेको संख्या  पनि अन्य पेशाको तुलनामा थोरै पाइन्छ तर पनि चित्रकला विधामा पेशागत रुपमा लागेर धेरै सम्भावनाहरु रहेका छन् । मेरो विचारमा चित्रकला नै मेरो पेशा हो र म यहि अंगालेर अघि बढिरहेको छु ।  

  • चित्रकलाको के महत्व छ ?

पाषणयुगीन ढुङ्गे युगीन गुफा कला हुन् वा लियोनार्दोको मोनालिसा वा जेफ फुनका अत्याधुनिक मुर्तिकला  चित्रकलाले सामाजिक सांस्कृतिक र आधुनिक महत्व बोकेको छ । हामीले खुट्टादेखि  लगाउने जुत्तादेखि  शीरसम्म लगाउने टोपीसम्म सबै कलाका नमूनाहरु हुन् । त्यसैगरी हामीले अंगाल्ने सबै गतिविधिहरु प्रत्यक्ष अप्रत्यक्ष  कला वा विविध  माध्यमहरुसंग सम्बन्धित रहेका छन् । संगीत, नृत्य बिना हाम्रो जीवन निरश हुन्छ । हामी कुनै मिठो  पकवानमा ठाँटिन  खोज्छौं, नाटक, चलचित्र हेरेर आनन्द लिन्छौ ।  सबै कतै नै कतै सिर्जनात्मक  गतिविधिहरु जोडिएका हुन्छन् ।

  • नयाँ पुस्तालाई के कस्तो सम्भावना र अवसर छ ।  

नयाँ पुस्तालाई धेरै अवसर र सम्भावनाहरु रहेका छन् ।  तथापि आफूमा रहेको कला र सिर्जनात्मक अभिव्यक्तिलाई कायम रहेको कला र सिर्जनात्मक अभिव्यक्तिलाई कायम राख्दै अगाडि बढ्नु  पर्ने हुन्छ । धेरै साधना, अभ्यास, र उचित अवसरबाट अगाडि बढ्न सकिन्छ  तर धैर्यताको धेरै खाँचो हुन्छ । राम्रो  चित्रकला गर्न  सक्ने  आफ्नोपन र छविलाई कायम गर्न सके  छुट्टै छाप छोड्न सकिने र त्यस्तो आफ्नो छुट्टै नाम (ब्राण्ड) सृजना गर्न सक्ने हुन्छ । जस्ले राम्रो तरिकाले  अगाडि बढ्न सघाउँछ । तसर्थ चित्रकला झैं अन्य क्षेत्रमा लागेर पनि केही गर्न सकिन्छ,  जस्तै डिजाइन, शिक्षण, कला निर्देशन, इत्यादि, कला पदाधिकारी, समीक्षक कलालेखक, कार्टुनिष्ट आदि ।

  • चित्रकला प्रति राज्यको नीति कस्तो छ । 

सरकारको तर्फबाट स्पष्ट कला नीति र कलाकारलाई हेर्ने दृष्टि प्रष्ट नभएको जस्तो लाग्छ । कलाकारलाई उचित सुविधा र अवसरको अभाव रहेको छ । सरकारी निकाय  (नाफा) बाट पनि आशातित उल्लेखनीय काम  गर्न सकेको आभाष भएको छैन ।  विद्यालय तहमा सृजनात्मक चित्रकलाको माध्यम पाठयक्रम तयार भएर लागू भएपनि  चित्र, मूर्ति,  संगीत जस्ता कलाहरु शिक्षक वा अन्य विषयका शिक्षकहरुले  पढाउनु पर्ने बिडम्बना  रहेको छ । सरकारले यससम्बन्धी दरबन्दीको व्यवस्था गरे बर्सेनि ललितकला क्याम्पसहरुबाट स्नातक, स्नातकोत्तर  गर्ने कला विद्यार्थीहरुलाई रोजगारी र उचित  व्यवस्था हुने हो भने विद्यार्थीहरुले विद्यालय स्तरदेखि नै उचित कलाको शिक्षा तथा ज्ञान प्राप्त गर्ने थिए । 

  • अहिलेको सन्दर्भका कलाको अवस्था कस्तो छ ?

विश्वपरिवेश नै आक्रान्त र कोभिडमय भएको यो अवस्थामा अन्य क्षेत्र जस्तै  कलाको क्षेत्र पनि नराम्ररी  प्रभावित भएको छ । कलाका पारखी विदेशीहरु पनि भ्रमणमा आउन पाइरहेका छैनन् । त्यस्तै स्वदेशी कलाका पारखीहरुलाई पनि आर्थिक रुपमा अप्ठ्यारो स्थिति छ । कला किनबेचको स्थिति कम नै भएपनि कला शिक्षण, अनलाइन कक्षा, डिजाइन, इलस्ट्रेसन जस्ता माध्यमबाट केही न केही  सपोर्ट भएको छ । तथापि कलाको क्षेत्रको भविष्य राम्रो भने हुँदै गएको छ ।