१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा अहिले ६ स्थानमा मतगणना



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा अहिले छ स्थानबाट मतगणना भइरहेको छ । बिहानसम्म पाँच स्थानबाट मतगणना भइरहेकामा आइतबार दिउँसोदेखि थप एक स्थान थपी वडा नं ३१ को मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि वडा नं १, २, ३, ४ र ३२ को मतगणना जारी छ । काठमाडौँ महानगरका वडामा मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मेयर पदमा अग्रता बनाइरहेका छन् ।

प्राप्त पछिल्लो मत परिणामअनुसार साहले दुई हजार ८२० मत प्राप्त गरेका छन् । नेकपा एमालेका केशव स्थापितलाई एक हजार ५०७ तथा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहलाई एक हजार ४४९ मत प्राप्त भएको छ ।