२४ भाद्र २०८३, बुधबार
,
Latest
पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बैठकः टोलीनेताद्वारा प्रतिवेदनमाथि सुझाव पेस गर्दै



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पेस गरिएका प्रतिवेदनमाथि टोली समूहका नेताले सुझाव प्रस्तुत गरिरहेका छन् । 

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा अहिले १० समूहमा विभाजित टोली  नेताले राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गरी आ–आफ्नो समूहबाट सुझाव प्रस्तुत गरिरहेका एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । 

भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले शुक्रबार बैठकमा वितरित गरिएका प्रतिवेदनमाथि आज समूहगत छलफल भएको थियो । 

टोलीनेताले दिएको सुझावका आधारमा ती तीनै प्रतिवेदनलाई आज नै बैठकले पारित गर्ने उहाँले जानकारी दिनुभयो । पारित प्रतिवेदन यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा पेस हुनेछन् । बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो ।