१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानलाई सहयोग गर्न राष्ट्रसङ्घसँग पाकिस्तानको माग



अ+ अ-

एजेन्सी । अफगानिस्तानलाई सहयोग गर्नेगरी संयुक्त राष्ट्रसङ्घले सवैलाई परिचालन गर्न पाकिस्तानले माग गरेको छ । 

राष्ट्रसङ्घको ७६औँ महासभालाई सम्वोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार यस्तो माग गर्नु भएको हो । 

अफगानिस्तनमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेर सरकार बनाएपछि विभिन्न सङ्कट उत्पन्न भएपनि धेरै देशले सहयोग नगरेकाले राष्ट्रसङ्घले सवैलाई परिचालन गर्नुपर्नेमा खानले जोड दिनुभएको थियो । 

प्रधानमन्त्री खानले विषेशगरी आर्थिक सहयोग अफगानिस्तानका लागि अत्यावश्यक भइसकेकाले राष्ट्रसङ्घले अन्तरराष्ट्रिय समुदायलाई परिचालन गर्नुपर्ने धारणा राख्नु भएको थियो ।  

“अफगानिस्तानलाई सहयोग गर्न विश्वसँग समय छैन, धेरै ढिला भइसकेको छ, त्यहाँ गम्भीर सङ्कट उत्पन्न भएको छ, म सबैको ध्यानाकर्षण गराउन चाहन्छु,” प्रधानमन्त्री खानले भन्नुभयो ।

मानवीय सहायत उपलब्ध गराउन अझै ढिला गरेमा विश्वलाई नै लज्जित गराउनेगरी नराम्रो क्षती हुने चेतावनीसमेत उहाँले दिनुभयो ।  

उहाँको सम्वोधनपछि पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयद्धारा जारी वक्तव्यमा अफगानिस्तान र अफगानी जनताका बारेमा बेवास्ता गर्न नहुनेमा खानले जोड दिनु भएको उल्लेख गरिएको छ । 

“हामीले उनीहरुलाई सहयोग गर्न हेलचक्रयाई गर्यौँ भने अहिले नै आधा मानिस गरिवीको रेखा मुनी छन, अर्को बर्षसम्ममा ९० प्रतिशत मानिस गरिव हुन्छन,” प्रधानमन्त्री खानले भन्नु भएको छ । 

अहिले पनि भोकभरी सुरु भइरहेको र तत्काल सहयोग नगरेमा भोकमरीको महामारी नै चल्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । 

अफगानिस्तानको डरलाग्दो र दयालाग्दो अवस्थाका बारेमा छिमेकी र विश्व समुदायले कुनै चासो नदिएकोमो आफुलाई दुखित र अचम्मित बनाएको उहाँको भनाइ छ । 

अफगानिस्तानमा उत्पन्न सङ्कट छिमेकी देशका रुपमा पाकिस्तानको चासो र चिन्ताको मात्रै नभइ विश्वकै चासो र चिन्ताको विषय भएको भन्दै उहाँले सबैको ध्यानाकर्षण गराउनु भएको छ । 

“सैन्य शक्तिमार्फत समस्याको समाधान गर्न खोजियो, त्यो गलत थियो र असफल पनि भयो, अव पनि त्यस्तो गल्ती नहोस्, शान्तिपूर्णरुपमा समस्याको समाधान खोजौँ, सङ्कट निवारण गरौँ, अत्यावश्यक सहयोग उपलब्ध गराउन ढिला नगरौँ,” उहाँले भन्नुभयो ।