२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक लम्बियो



अ+ अ-

काठमाडौं ।  नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक लम्बिएको छ । 

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा दुई दिनदेखि जारी बैठकमा विधान महाधिवेशनमा पेश गरि विभिन्न प्रस्तावउपर समूहगत छलफल गरिएको थियो ।

शुक्रबारदेखि शुरु भएको बैठकले तीन प्रस्तावमा छलफल गर्न १० वटा समूह बनाएको थियो । समूहगत छलफल सकिएपछि टोली नेताहरुले निष्कर्ष बैठकमा सुनाएका थिए । 

आज समूहगत सुझाव पेश गर्ने काम मात्रै भएकाले अध्यक्ष केपी शर्मा ओली लगायतले जवाफ दिने काम नसकिएकाले बैठक लम्बिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । बैठक भोलि ११ बजेसम्मलाई स्थगित भएको छ।

पार्टी अध्यक्ष ओलीले राखेको राजनीतिक प्रतिवेदन, महासविच ईश्वर पोखरेलले राखेको सांगठानिक र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संधोधन प्रस्तावमा छलफल भएको थियो ।