१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ताए वामपन्थी नेता अवस्थी



अ+ अ-

बैतडी । वामपन्थी आन्दोलनका अग्रणी नेता एवं समाजसेवी पृथ्वीराज अवस्थीको ८४ वर्षको उमेरमा निधन भएको छ । बैतडीको सुर्नया गाउँपालिका–६ शङ्करपुर घर भएका अवस्थी हाल कैलालीको गोदावरीमा बस्दै आउनुभएको थियो । ‘लालटिन बाजे’ का रूपमा समेत परिचित अवस्थीको आज उहाँको बिहान घरमै निधन भएको हो ।

विसं १९९४ मा जन्मिनुभएका समाज परिवर्तनका लागि लामो समयदेखि सङ्घर्ष गर्दै आउनुभएका अवस्थी केही वर्षदेखि अस्वथ रहनुभएको थियो । बैतडीमा वामपन्थी आन्दोलनलाई अघि बढाउन अवस्थीको ठूलो योगदान रहेको छ । यस्तै जातीय विभेद अन्त्यका लागि समेत अवस्थीले ठूलो योगदान पु¥याएको स्थानीयवासीले बताएका छन् ।

विसं २०४६ को परिवर्तनपछि एमालेबाट चुनावसमेत लड्नुभएका अवस्थी पराजित हुनुभएको थियो । उहाँले चुनावताका लगाएको एक भोट एक नोटको नारा धेरै चर्चामा रहेको छ । प्रबल जनसेवा (चतुर्थ श्रेणी) मानपदवीबाट विभूषित हुनुभएका अवस्थीले गोरखा दक्षिणबाहु पनि पाउनुभएको थियो । पृथ्वीराज अवस्थीलाई वैचारिक र निष्ठावान नेताका रुपमा लिने गरिन्छ । उहाँले लामो समयसम्म नागरिक समाज बैतडीको नेतृत्वसमेत गर्नुभएको थियो ।

बैतडी एमालेको पहिलो पुस्ताका थोरै नेतामध्येका एक व्यक्ति अवस्थी पनि हुनुहुन्थ्यो । अवस्थीलगायतका नेताका कारण एमालेको सङ्गठन गाउँ–गाउँसम्म फैलाएपछि यहाँ कम्युनिष्ट आन्दोलन र सङ्गठनले गति लिएको बताइन्छ । सङ्गठन निर्माण र जनजीविकाको सवालमा अवस्थीले जहिल्यै निमुखाका पक्षमा रहेर काम गर्नुभएको थियो । अवस्थीको निधनमा विभिन्न पार्टीका नेता, व्यक्ति र सङ्घसंस्थाले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।