२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

अस्ताए वामपन्थी नेता अवस्थी

अस्ताए वामपन्थी नेता अवस्थी
अ अ+ अ-

बैतडी । वामपन्थी आन्दोलनका अग्रणी नेता एवं समाजसेवी पृथ्वीराज अवस्थीको ८४ वर्षको उमेरमा निधन भएको छ । बैतडीको सुर्नया गाउँपालिका–६ शङ्करपुर घर भएका अवस्थी हाल कैलालीको गोदावरीमा बस्दै आउनुभएको थियो । ‘लालटिन बाजे’ का रूपमा समेत परिचित अवस्थीको आज उहाँको बिहान घरमै निधन भएको हो ।

विसं १९९४ मा जन्मिनुभएका समाज परिवर्तनका लागि लामो समयदेखि सङ्घर्ष गर्दै आउनुभएका अवस्थी केही वर्षदेखि अस्वथ रहनुभएको थियो । बैतडीमा वामपन्थी आन्दोलनलाई अघि बढाउन अवस्थीको ठूलो योगदान रहेको छ । यस्तै जातीय विभेद अन्त्यका लागि समेत अवस्थीले ठूलो योगदान पु¥याएको स्थानीयवासीले बताएका छन् ।

विसं २०४६ को परिवर्तनपछि एमालेबाट चुनावसमेत लड्नुभएका अवस्थी पराजित हुनुभएको थियो । उहाँले चुनावताका लगाएको एक भोट एक नोटको नारा धेरै चर्चामा रहेको छ । प्रबल जनसेवा (चतुर्थ श्रेणी) मानपदवीबाट विभूषित हुनुभएका अवस्थीले गोरखा दक्षिणबाहु पनि पाउनुभएको थियो । पृथ्वीराज अवस्थीलाई वैचारिक र निष्ठावान नेताका रुपमा लिने गरिन्छ । उहाँले लामो समयसम्म नागरिक समाज बैतडीको नेतृत्वसमेत गर्नुभएको थियो ।

बैतडी एमालेको पहिलो पुस्ताका थोरै नेतामध्येका एक व्यक्ति अवस्थी पनि हुनुहुन्थ्यो । अवस्थीलगायतका नेताका कारण एमालेको सङ्गठन गाउँ–गाउँसम्म फैलाएपछि यहाँ कम्युनिष्ट आन्दोलन र सङ्गठनले गति लिएको बताइन्छ । सङ्गठन निर्माण र जनजीविकाको सवालमा अवस्थीले जहिल्यै निमुखाका पक्षमा रहेर काम गर्नुभएको थियो । अवस्थीको निधनमा विभिन्न पार्टीका नेता, व्यक्ति र सङ्घसंस्थाले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।