१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएलः हैदराबादमाथि पन्जाबको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पन्जाब किंग्सले सनराइजर्स हैदराबादलाई ५ रनले पराजित गरेको छ । 

जितको लागि १ सय २६ रनको सामान्य लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २० रन मात्र बनाउन सक्यो । 

हैदराबादलाई जितको लागि अन्तिम ६ बलमा १७ रन आवश्यक थियो । पन्जाबका नाथन एलिसले ११ रन खर्चिदै जित दिलाएका हुन् ।

जेसन होल्डरले २९ बलमा ५ छक्का प्रहार गर्दै ४७ रनमा अविजित रहेपनि टोलीलाई जित दिलाउन सकेनन् । अन्य कुनैपनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । 

ओपनर ऋद्धिमान शाह ३७ बलमा १ चौका सहित ३१ रनमा पेभिलियन फर्किए । ओपनर डेविड वार्नर २, कप्तान केन विलियम्सन १, मनिष पाण्डे २३ बलमा १३ र केदार जाधव १२ रनमा आउट भए ।

पन्जावका स्पिनर रवि बिश्रोईले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर २ विकेट लिए भने अर्शदीपको नाममा १ विकेट रह्यो ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो । पन्जाबका एडेन माक्ररमले ३२ बलमा २ चौका सहित २७ रन जोडे । कप्तान लोकेश राहुल २१ बलमा ३ चौका सहित २१ रन बनाए भने मयंक अग्रवाल ५, क्रिस गेल १४, निकोलस पुरन ८, दीपक हुडा १३, हरप्रीत ब्रार १८ र नाथन एलिसले १२ रन जोडे । 

हैदराबादका जेसन होल्डरले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । सन्दीप शर्मा, भुवनेश्वर कुमार, राशिद खान र अब्दुल सामदले एक-एक विकेट लिए ।