१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्टफोर्डसँग लिभरपुलको बराबरी



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले ब्रेन्टफोर्डसँग बराबरीमा खेलेको छ ।शनिबार राति भएको खेलमा लिभरपुल ब्रेन्टफोर्डसँग ३-३ गोलको बराबरीमा रोकिँदै अंक बाँडेको हो । 

ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा सुरुवाती अग्रता घरेलु टोलीले बनाएको थियो । खेलको २७ औं मिनेटमा इथान पिन्नोकले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए ।

३१ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ५४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । 

खेलको ६३ औं मिनेटमा भिटाली जनेल्टले गोल गर्दै ब्रेन्टफोर्डलाई २-२ को बराबरीमा ल्याए । खेलको ६७ औं मिनेटमा कुर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई ३-२ को अग्रता दिलाए ।

यता, खेलको ८२ औं मिनेटमा योएनी विसाले गोल गर्दै ब्रेटफोर्डलाई ३-३ गोलको बराबरीमा फर्काए । बराबरीसँगै लिभरपुलले ६ खेलमा १४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

यस्तै ब्रेन्टफोर्ड ९ अंकसहित नवौं स्थानमा रहेको छ ।