२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी



अ+ अ-

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

कागबेनीस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिनजिङ नामगेल गुरुङले ८६७ मत ल्याएर विजयी हुनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा एमालेकी ढिकी गुरुङले ७४९ मत प्राप्त गरेर विजयी हुनुभएको छ । अध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका आङजेन गुरुङले ५७७ र उपाध्यक्षमा कांग्रेसकै धेव आङवो गुरुङले ६७७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दुई हजार २२४ मतदाता रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा शुक्रबार भएको मतदानमा ६७।०२ प्रतिशत अथवा एक हजार ५०८ मत खसेको थियो । वडा नम्बर १, ३ र ५ मा नेकपा एमालेका तथा वडा नम्बर २ र ४ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडा नं १ मा एमालेका प्रमेश गुरुङ, वडा नम्बर २ मा कांग्रेसका न्होरु गुरुङ, ३ मा एमालेका विनोद गुरुङ, ४ मा कांग्रेसका कर्म घ्याचो गुरुङ र ५ मा एमालेका सुरेन्द्र गुरुङ विजयी हुनुभएको छ ।

पाँच वटा स्थानीय तह रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । रासस