२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बौद्धिक चोरी विवाद विकराल



अ+ अ-

काठमाडौं । ट्रेडमार्कको विवाद विकराल बन्दै गइरहेको छ । बौद्धिक सम्पत्ति चोरीको उजुरीका चाङ लागेसँगै विवादले विकराल रुप लिन थालेको हो। उद्योग विभागका अनुसार बौद्धिक सम्पत्ति चोरीसम्बन्धी उजुरी आउने क्रम बढेको छ। गत वर्ष मात्रै १ सय ७४ वटा उजुरी परेको छ। गत वर्ष ५७ वटा मात्रै छिनोफानो भए। विभागका अनुसार हालसम्म बौद्धिक सम्पत्ति चोरीका ६ सय ६७ वटा विवाद सल्टिएको छैन्। 

लामो समयसम्म छिनोफानो हुन नसक्दा धेरैजसो बौद्धिक सम्पत्ति चोरीका मुद्दाहरू पेन्डिङमा हुने गरेका हुन्।  प्रस्ट कानुन नहुँदा बौद्धिक सम्पत्तिको चोरी बढेको जानकारहरू बताउँछन्। लामो समयदेखि बौद्धिक सम्पत्तिको उजुरीमा छिनोफानो हुन नसक्दा समस्या थपिँदै गएको छ। 

उजुरी छिनोफानो हुन वर्षौं लागेपछि उजुरीकर्ता पनि निराश भएका छन्। उद्योग विभागका निर्देशक दिपक घिमिरे धेरै वर्ष अघिदेखि पेन्डिङमा रहेका उजुरी टुंग्याउने गृहकार्यमा जुटेको बताउँछन्। पेन्डिङमा रहेका सबै लट समाप्त गर्ने गरी गत वर्ष काम गरेको भए पनि अझै पेन्डिङमा  धेरै मुद्धा रहेको उनले बताए। उजुरीकर्ता समयमा नआउने, हारेपछि चिठी नबुझ्ने, स्पष्ट ठेगाना उल्लेख नहुनेलगायत कारण वर्षौंदेखिका उजुरी सर्दै आएका छन्।’

विभागको संस्थागत संरचना पनि कमजोर छ। विभागमा जनशक्ति अभावले पनि बौद्धिक सम्पत्ति विवाद सल्टाउन समस्या भइरहेको उनको भनाइ छ।  विभागमा दुई वर्ष अघिदेखिका उजुरी तामेलीमा रहेको पाइएको छ। दुवै पक्षले सबुत प्रमाण पेस गर्न नसक्दा मुद्दा तामेलीमा रहिरहने समस्या छ।

विदेशी तथा चलेका स्वदेशी ब्रान्डकोसमेत कपी लिन खोज्ने प्रवृत्ति बढ्दै गएकाले उजुरीका चाङ लागेका हुन्। तुरुन्तै लाभ लिने प्रवृत्ति मौलाउँदै गएकाले उस्तैउस्तै नाम राखेर झुक्याउन खोज्ने प्रवृत्ति बढ्दै गएको विभागका अधिकारीहरू बताउँछन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।