२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

चैतको दोस्रो हप्तादेखि जनआन्दोलन मोर्चाले काठमाडौं केन्द्रीत आन्दोलन गर्ने

चैतको दोस्रो हप्तादेखि जनआन्दोलन मोर्चाले काठमाडौं केन्द्रीत आन्दोलन गर्ने
अ अ+ अ-

काठमाडौं । चैतको दोस्रो हप्तादेखि व्यवस्था परिवर्तनको निम्ति संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले काठमाडौं केन्द्रीत आन्दोलन गर्ने घोषणा गरेको छ ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मोर्चाले अमेरिकी सहयोग परियोजना एमसिसिविरुद्ध र देशको व्यवस्था परिवर्तनका निम्ति आन्दोलनको कार्यक्रम घोषणा गरेको जनाएको छ । 

केन्द्रीय अध्यक्ष तारानाथ लुइँटेलले सरकारले एमसीसी हतारमा पारित गरेको भन्दै आपत्ति जनाए । उनले भने,‘एमसीसीको विरोधमा हामीले सडक आन्दोलन गर्यौं, पानीको फोहोरा खायौं, धेरै साथीहरु घाइते हुनुभयो ।’ उनले आफूहरुले सातै प्रदेशमा आमसभा गर्ने बताए । लुइँटेलले आगामी चैत्र दोस्रो हप्ताबाट १० दिनसम्म एमसीसी फिर्ता र व्यवस्था परिवर्तनको निम्ति काठमाडौं केन्द्रीत आन्दोलन गर्ने जानकारी दिए । उनले सातै प्रदेशमा जनसभाको आयोजना गर्न लागेको बताए । 

जसले एमसीसी अनुमोदन गरे उनीहरुनै  महाकाली सन्धी गर्नेहरु भएको बताए । उनले भने,‘महाकाली सन्धी गर्दा नेपालीलाई विभिन्न भ्रम छर्नेहरुले नै आज एमसीसी पारित गरेका हुन् ।’ उनले नेपालमा एमसीसी ल्याउनै नपर्ने भन्दै अनुदानमात्रै भएमा नेपालको संविधानभन्दा माथि हुन नहुने तर्क गरे ।

एमसीसीमा अमेरिकाको नियम नेपालको कानूनभन्दा माथि हुने भए यो संविधान फालेर नयाँ संविधान ल्याउनपर्ने उनको भनाई थियो । अब नेपालीले आफ्नो पहिचान खोज्न पर्ने अवस्था आएको सुनाए । अफगानस्तानको अवस्था नेपालमा आउने उनले बताए । कार्यक्रममा बोल्दै सह–अध्यक्ष विष्णु भट्टराईले भने,‘११६ वटा देशले शान्ति क्षेत्रको रुपमा अनुमोदित गरेको नेपाललाई आज मिलेनियम च्यालेन्ज कम्प्याक्टको आधारमा संसारको विश्व शक्तिको छाता मुनी पसेको अवस्था छ ।’ 

यो सम्झौतामा अमेरिकी सैन्य गठबन्धनअन्तर्गतको हो की होइन भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालको केही दिन अघि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको भट्टराईले जिकिर गरे । उनले एमसीसी सम्झौता नेपाल र नेपालीको हितमा नभएको उनले स्पष्ट पारे । 

भट्टराईले एमसीसी विकास सहयोग अनुदान भएको, हिन्द प्रशान्त तथा अन्य कुनै संगठनको अंग नभएको र कुनै पनि अवस्थामा नेपालको कानुन सर्वोच्च हुन्छ भनिएकोमा कूनै पनि सत्यता नभएको उल्लेख गरे । यी तीन वटा कुरा नेपाली र नेपालको लागि घातक हुने उनको भनाई थियो । 

उनले नेपाली जनताको सम्प्रभुता र स्वाधिनताको रक्षाको लागि शशक्त रुपले प्रतिकार गर्ने बताए । मोर्चाका राष्ट्रिय संयोजक शेखरजंग रायमाझीले संसदबाट एमसीसी पास गर्नुलाई गणतन्त्रको उपज भएको सुनाए । दिल्लीमा १२ बुंदे सहमति हुँदा उक्त सहमतिमा यो देशका नेताहरुले भविष्यको निर्णय गर्न नसक्ने अवस्थाको सिर्जना गरेर आएको उनले आरोप लगाए । 

उनले भने,‘त्यसैले एमसीसी पनि अरुकै दबाबकै भरमा पास गर्न नेताहरु बाध्य भएका हुन् ।’ उनले एमसीसीले मुलुक विभाजित भएको भन्दै नेताहरु विदेशीको प्रभावमा चल्ने प्रमाणित भएको सुनाए । मोर्चाका अर्का राष्ट्रिय संयोजक शोभराम थापाले एमसीसी कुनै कम्पनीको नाटक गरेर नेपालको सम्पदा र टुरिजमलाई कब्जा गर्न लागेको सुनाए । 

त्यस्तै, मोर्चाका वरिष्ठ उपाध्यक्ष श्रीराम कँडेलले एमसीसी कस्तो हो, आफु सन्धी हो की होइन भन्नेमा रणभूल्ल परिरहेको सुनाए । एमसीसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट पास गरेकोमा उनले आपक्ति जनाए । 

नेपालको अखण्डतामा असर पुर्याउने कुनै पनि सन्धि सरकारले गर्न नहुने उनले तर्क राखे । सन्धीमा लेखिएका, राखिएका प्रावधान नेपालको कानुन भन्दा एमसीसीको कम्प्याक्ट माथि रहने विषयमा आफुहरुले ३ वर्षदेखि खण्डन गर्दै आएको सुनाए । सविधानभन्दा माथि हुने कुनै सम्झौतालाई स्वीकार गर्न नसक्ने उनले स्पष्ट पारे । त्यस्तै, मोर्चाका तराई प्रदेश प्रमुख चन्द्रेश्वर यादवले एमसीसीले गर्दा देशका पुरै ३ करोड जनता फसिसकेको बताए । उनले भने,‘हामीलाई अर्को देशसँग विक्रि गरिसकेको छ। अब हामी बन्धक भइसकेका छौ ।’ उनले एमसीसी पास गर्ने जति सबै शासकहरुलाई देशद्रोहीको संज्ञा दिए । यो देश सबैको हो भन्दै नेताहरुलाई ३ करोड नेपाली बेच्ने अधिकार नभएको उनले जिकिर गरे ।

यसैगरी, मोर्चाका सचिवालय प्रमुख केशव ढुंगानाले अबको ३० दिनको समयमा सरकारले छल गरेर महाकाली सन्धीजस्तो सुक्ष्म रुपमा विष भर्ने बताए । संसदबाट एमसीसी अनुमोदन भएको हिजोको दिनलाई कालो दिनको रुपमा मनाउने उनले बताए । उनले भने,‘देशभर रहेका सम्पुर्ण शक्तिहरु सिके राउतदेखि विप्लव सबै अब एमसीसीविरुद्ध लाग्नुपर्छ ।’ उनले सबैलाई आफ्नो मोर्चामा गोलबद्ध हुन आह्वान पनि गरे। उनले पुर्वराजा ज्ञोनन्द्र शाहलाई जनताको साथ लिएर मोर्चामा आवद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याए ।  

मोर्चाका उपाध्यक्ष युवराज आचार्यले देश अहिले अत्यन्त गम्भिर अवस्थामा गुज्रिएको सुनाए । उनले संसदबाट पारित भएको एमसीसी जसरी पनि फिर्ता गरेरै छाड्ने जिकिर गरे । अब देशमा धार्मिक युद्ध हुने उनको भनाई थियो । देश विदेशीको गुलामबाट घेरिएको भन्दै उनले वैदिक सनातन धर्मबाट छुटाएकाहरुलाई एकजुट गर्नको निम्ति ओमकार हिन्दु सनातन चाहिने बताए । एमसीसी कदापी नेपालीको हकहितमा नभएको स्पष्ट पारे । उनले नेपाल पत्थर हो भन्दै पत्थरसँग खेल्दा केवल थाप्लो मात्रै फुट्ने र कुनै उपलब्धी नहुने कुरा अमेरिकाले बुझ्न पर्ने बताए ।