६ श्रावण २०८३, बुधबार
,
Latest
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेतो पुतलीको झुस सङ्क्रमण भएको ४८ घण्टाभित्र उपचार नथाले आँखाको ज्योति नै गुम्ने खतरा



अ+ अ-

काठमाडौं । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुसी हुन्छन् । 

यद्यपि, सबै पुतली खुसी दिनेखालका हुँदैनन् । चिकित्सकको सुझाव छ, ‘‘सेतो पुतलीसँग सचेत बनौँ ।’ सेतो पुतलीले यतिबेला नेपाली जनस्वास्थ्यलाई चुनौती दिइरहेको छ । 

सेतो पुतलीको झुस आँखामा सङ्क्रमण भएको ४८ घण्टाभित्र अस्पतालमा उपचार नथाले आँखाको ज्योति नै गुम्ने खतरा हुन्छ । आँखाको भित्री भागसम्म गएर यसले दृष्टिमा क्षति पु(याउँछ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा। सञ्जीव भट्टराईका अनुसार, मानिसको दृष्टि छिनभरमै नष्ट गर्ने आँखाको खतरनाक रोग हो– सापु । सापु सङ्क्रमण भएपछि आँखामा फुलो परेकोजस्तै बाहिरबाटै टल्केको र नानी पूूरै सेतो देखिन्छ । 

यसले आँखाभित्र पानीले बनेको तहसम्म पुगेर नानी, लेन्स भित्री भाग भिट्रियससम्म सङ्क्रमण गराउँछ । यो रोगका लक्षण देखापरेको ४८ घण्टाभित्रै उपचार नगरे आँखाको दृष्टि गुम्न सक्ने उनले बताए ।

परीक्षण गर्दा कुनै पनि जीवाणु, किटाणु नरहेको देखिए त्यो सापु हो भन्ने बुझ्नुपर्छ । यो रोगको निदान तथा उपचार आँखा विभागअन्तर्गतका अस्पतालमा मात्र गर्ने गरिन्छ । सापुको आकस्मिक उपचार सेवा, आँखाभित्र औषधिको सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रिया गरेरसमेत गर्न सकिन्छ ।

नेपाल आँखा अस्पतालका प्रमुख डा। कमलबहादुर खड्काले सेतो पुतलीबाट लाग्ने सापु रोगले जनस्वास्थ्यमा समस्या थपेको बताए । पोखरा, स्याङ्जा, गुल्मी, लमजुङ, बाग्लुङलगायत पहाडी जिल्लामा यो रोगको समस्या देखिएको छ । उपत्यकामा पनि सापुको जोखिम बढेको र यसको जोखिम भदौदेखि मङ्सिरसम्म रहने उनले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।




भर्खरै